गगनलाई महेश बस्नेतको काउन्टर – ‘महाभियोग लगाउने गंजेडिका गफ हुन्’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका नेता तथा सांसद महेश बस्नेतले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारेका छन्।

राष्ट्रपतिले ७६(५) को सरकार निर्माणका लागि आह्वान गरेपश्चात राष्ट्रपति माथि महाअभियोग लगाउने नेपाली कांग्रेस तथा माओवादीका नेताहरुले चेतवानी दिरहेका बेला सांसद बस्नेतले नयाँ सरकार गठन गर्न अन्य दलहरुले चुनौती दिएका हुन्।

बिहिबार राष्ट्रपतिले ७६(५) को सरकार निर्माणका लागि आह्वान गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति माथि महाअभियोग लगाउनुपर्ने बताएका थिए। त्यसलाई काउन्टर गर्दे नेता बस्नेतले ‘गंजेडिका गफ’को संज्ञा दिएका छन्।

नेता बस्नेतले फेसबुकमा लेखेका छन्,”आजको परिवेशमा बनेको धारा ७६ (३) को सरकारले विश्वासको मत पाउने स्थिति नदेखिए पछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६ (५) को सरकारको लागि आव्हान भएको छ । यो स्वभाविक संवैधानिक प्रक्रिया हो । यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवि भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाई महाअभियोग लगाउनेसम्मका गंजेडिका गफ गरिरहेका छन् । याद होस सक्छौं भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर । हामी बिपक्षीमा बस्न तयार छौ । नत्र भने संविधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाई आलोचनात्मक समर्थन गर ।”

साथै नेता बस्नेतका अनुसार वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने, फ्लोर क्रस गराउने, पार्टी ह्विपविरुद्ध मतदान गराउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत गरेका छन्।

च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर अलोकतान्त्रिक हर्कत र अभ्यासमा बाबुराम भट्टराई र उपेन्द्र यादव घुँडा धसेरै लागेका बेला माधव नेपालले पनि भित्र-भित्रै समर्थन जनाइरहेको बस्नेतको भनाई छ।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१०:२८

लगातार महँगो भएको सुनको मूल्य आज घट्यो !