काठमाडौँ – बिहिबार पुस महिना यताकै महँगो भएको सुनको मूल्य आज घटेको छ। हप्ताको शुरुवात देखि लगातार बढेको सुनको मूल्य आज घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ३ सय कायम भएको छ।
नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस हप्ता सुन
यस हप्ता छापावाला सुन ९२ हजार ५ सय देखि ९३ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९२ हजार देखि ९३ हजार २ सय सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १३ सय ५० रुपैंयाँ कायम भएको छ।

