लगातार ९ वर्ष सेरी-ए उपाधि जितेपछि यो सोजन युभेन्टस च्याम्पियन्स लिगमा स्थान पक्का गर्न संघर्ष गरिरहेको छ। लिगको अन्तिम खेलमा टेबलको पाचौं स्थानमा रहँदै मैदानमा उत्रिने ओल्ड लेडीलाई आफ्नो अन्तिम खेल जित्ने पर्ने दबाब रहेको छ। यसका साथै एसी मिलान र न्यापोलीले आफ्नो खेलमा अंक गुमाएको खण्डमा मात्र युभे अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुनेछ।

यस्तोमा यदि युभे अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट नभएको खण्डमा २००२-०३ सिजानपछि पहिलो पटक यस्तो हुनेछ कि ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोको कुनै पनि टिम टप ४ मा लिग समाप्त गर्ने छैन। यस्तो भएमा रोनाल्डोको इटालीमा समय लगभग खत्तम हुने देखिन्छ। उनले क्लब छाड्ने बारे पछिल्लो समय निकै चर्चा भइरहेको छ।

अर्को तर्फ हाल टेबलको तेस्रो स्थानमा रहेको एसी मिलान भने २०१३-१४ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनौट हुने उदेश्यका साथ अन्तिम खेलमा दोस्रो स्थानमा रहेको एटालान्टा विरुद्ध मैदानमा उत्रिनेछ। हालसम्म च्याम्पियन्स बनिसकेको इन्टर मिलान र दोस्रो स्थानमा रहेको एटालान्टाले मात्र अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन्।

अब बाँकी दुई स्थानका लागि एसी मिलान(तेस्रो), न्यापोली(चौंथो) र युभेन्टस(पाचौं) बीच प्रतिस्पर्धा हुने देखिन्छ।
यस्तो भयो भने मात्र युभे छनौट हुनेछ अर्को सिजनको च्याम्पियन्स लिगको लागि
लिगको अन्तिम चरणको मात्र खेल बाँकी रहँदा तेस्रो स्थानमा रहेको एसी मिला र चौंथो स्थानको न्यापोलीको समान ७६ अंक रहेको छ भने पाचौं स्थानमा रहेको युभेन्टसको ७५ अंक रहेको छ। अन्तिम चरणका खेलमा युभेन्टसले बोलोग्नाको सामना गर्दा न्यापोलीले भेरोना विरुद्ध खेल्नेछ। त्यस्तै, एसी मिलानको खेल एटालान्टासँग रहेको छ।
| Date | Time | Match | |
|---|---|---|---|
| May 23 | 12:30 am | Cagliari vs Genoa | |
| May 23 | 12:30 am | Sampdoria vs Parma | |
| May 23 | 12:30 am | Crotone vs Fiorentina | |
| May 23 | 6:45 pm | Inter vs Udinese | |
| May 24 | 12:30 am | Atalanta vs AC Milan | |
| May 24 | 12:30 am | Bologna vs Juventus | |
| May 24 | 12:30 am | Sassuolo vs Lazio | |
| May 24 | 12:30 am | Torino vs Benevento | |
| May 24 | 12:30 am | Napoli vs Verona | |
| May 24 | 12:30 am | Spezia vs Roma |
एसी मिलान र न्यापोलीले आ-आफ्नो खेल जितेको खण्डमा भने युभे पाचौं स्थानमा लिगको समापन गर्ने पक्का देखिन्छ। तर यदि युभेले आफ्नो अन्तिम खेल जितेर मिलान र न्यापोली मध्ये एक क्लबले अंक गुमाएको खण्डमा भने ओल्ड लेडीको च्याम्पियन्स लिगमा स्थान पक्का हुनेछ।

