शुक्रबार थप ८ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप २२ हजार ३५३ जनाको पिसिआर परीक्षण तथा ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ८ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ जना पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १६६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ६ हजार २४ पुगेको छ।
उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो समय २ हजार ४४७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

