रोनाल्डोले क्लब छाडे युभेन्टसले बार्सिलोनाका यी खेलाडी भित्र्याउने !

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य अन्योलमा छ। पछिल्लो समय उनले युभेन्टस छाड्ने विषय जोड-तोडका साथ उठिरहेको छ।

युभेन्टसमा धेरै नै असन्तुष्ट रहेका रोनाल्डोले छिट्टै क्लब छाड्ने विभिन्न संचार माध्यमहरुले दावी गरिरहेका छन्। युभेन्टसले सिजनको अन्तिम खेल खेल्न बाँकी छ। आइतबार राति युभेन्टसले बोलोग्ना विरुद्ध खेल्दा उक्त खेल युभेन्टसका लागि रोनाल्डोको अन्तिम खेल हुन सम्मका चर्चा चलिरहेको छ।

च्याम्पियन्स लिगमा ठाउँ बनाउन सङ्घर्षरत युभेन्टस

हाल युभेन्टस सिरी ‘ए’को पाँचौं स्थानमा छ। उसले ३७ खेलबाट ७३ अंक जोडेको छ। युभेन्टस भन्दा अगाडी नापोली, एसी मिलान, एट्लान्टा र इन्टर मिलान छन्। इन्टर सिरी ‘ए’ च्याम्पियन भइसकेको छ।

युभेन्टस दोस्रो र तेस्रो स्थानमा रहेका क्लबहरु भन्दा १ अंकले पछाडी छ। यस्तोमा युभेन्टसले च्याम्पियन्स लिगमा ठाउँ बनाउनको लागि आइतबार हुने खेल जितेर मात्र पुग्दैन, अन्य नतिजामा पनि भर पर्नुपर्नेछ।

च्याम्पियन्स लिगमा ठाउँ बनाउन नसके के होला ?

पछिल्लो समय चलिरहेको चर्चा अनुसार युभेन्टस च्याम्पियन्स लिगमा छनोट हुन नसकेको खण्डमा निश्चय नै रोनाल्डोले क्लब छाड्नेछन्। रोनाल्डोले क्लब छाड्ने सम्भावना प्रवल भैरहेको अवस्थामा युभेन्टस उनको ठाउँमा कसलाई ल्याउने भन्ने अध्ययन र छलफलमा जुटिसकेको छ।

इटालीबाट प्रकाशित हुने विभिन्न संचार माध्यमहरुका अनुसार युभेन्टसले रोनाल्डोको ठाउँमा बार्सिलोनाका एन्टोइन ग्रिजिमनलाई ल्याउने विषयमा छलफल अगाडी बढाएको छ। तर, युभेन्टस च्याम्पियन्स लिगका लागि क्वालिफाइ नभएको खण्डमा ग्रिजिमन युभेन्टस जान इच्छुक नहुने जानकारहरु बताउँछन्।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१८:३६

जिदान भएपनि नभाएपनि एम्बाप्पे रियल जाने !