काठमाडौँ – नेकपा एमालेले विपक्षि दल नेपाली कांग्रेसलाई समर्थन गर्ने आफ्ना असन्तुष्ट सांसदहरुलाई कारवाही गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आफ्ना २६ जना सांसदलाई कारबाही गरेको हो।
नेकपा एमालेले माधव नेपाल सहित एमालेका २६ सांसद पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको बताइएको छ। २६ सांसदलाई कारवाही गरिएको सम्बन्धमा जानकारी गराउँदै नेकपा एमालेले पत्र समेत पठाएको छ।
२६ सांसदले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको जानकारी राष्ट्रपतिलाई जानकारी गराइएको एमाले निकट श्रोतले जनाएको छ।
शुक्रबार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । देउवालाई माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले समर्थन गरेका थिए भने माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि साथ दिएका थिए।

