काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले निर्वाचनको घोषणा गर्न माग गरेका छन्।
संविधानको धारा ७६(५)अनुसार आफूलाई प्रधानमन्त्री बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दावी पेश गरेको अवस्थामा थापाले निर्वाचनको घोषणा गर्न माग गरेका हुन्।
थापाका अनुसार दुवैले विश्वासको मत प्राप्त गर्ने आधार छैन। जसकारण निर्वाचनको घोषणा गरिनु उचित हुने थापाको भनाई छ । दुवैको दावी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न उनको माग छ।
थापाले ट्वीट गर्दे भनेका छन्,”राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन। दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।”

