लेवान्डोस्कीले तोडे ४७ वर्ष अगाडीको रेकर्ड !

एजेन्सी – जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्त्य शानदार तरिकाले गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई ५–२ ले पराजित गर्दै बायर्नले सिजनको शानदार अन्त्य गरेको हो।

बायर्नको गोलमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र रोबर्ट लेवान्डोस्कीले गोल गरे। एक गोल भने बायर्नले उपहार पाएको हो। खेलको नवौं मिनेटमा जेफ्रेले आत्मघाती गोल गरेपछि बायर्न अग्रता लिएको थियो। ३औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

योसुवा किम्मिखले खेलको ३३औं मिनेटमा किङ्सले कोमानको पास गोल गर्दे खेललाई ३-० मा पुर्याए। ४३औं मिनेटमा किङ्सले कोमानले गोल गरे। उनले डेभिड अलवाको पासमा गोल गरेका थिए।

अग्सवर्गका लागि पहिलो गोल ६७औं मिनेटमा आन्द्रे हानले गरे। उनले लासज्लो विनेसको पासमा गोल गर्न सफल भए। ७२औं मिनेटमा आन्द्रे हानकै पासमा फ्लोरियन नाइडरलेचनरले गोल गरे। खेलको अन्तिम समयमा गोल गर्दे लेवान्डोस्कीले खेललाई ५-२ मा पुयाए। उनले ९०औं मिनेटमा गोल गरेका थिए।

लेवान्डोस्कीको किर्तिमान

शनिबारको खेलमा गोल गरेसँगै लेवान्डोस्कीले सन् २०२०-२१को सिजनमा गोलसंख्या ४१ पुगेको छ। यससँगै उनले ४७ वर्ष अगाडीको रेकर्ड तोडेका छन्। सन् १९७१–७२ मा गर्ड मुलरले एकै सिजनमा राखेको ४० गोलको कीर्तिमान तोडेका छन्।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८२१:५२

युरोपियन गोल्डेन बुट जित्न रोनाल्डोले एक खेलमै १२ गोल गर्नुपर्ने !