हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य !

काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ। गत हप्ता लगातार बढेर अन्तिम दिन घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ६ सय कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत हप्ता सुन

गत हप्ता छापावाला सुन ९२ हजार ५ सय देखि ९३ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९२ हजार देखि ९३ हजार २ सय सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १३ सय ४५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१०:५०

देशभर कोरोना संक्रमितको सङ्ख्या ५ लाख माथि, १९३ जनाको मृत्यु !