सुआरेजको यो उत्कृष्ट गोल, जसले एटलेटिकोलाई लालिगा च्याम्पियन बनायो ![भिडियो सहित]

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्दा लुइस सुआरेज नायक बने। सुआरेजकै गोलका कारण शनिबार एटलेटिकोले च्याम्पियन बन्यो।

एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १-० ले पछि परेको थियो । ओस्कार प्लानोले १८ औं मिनेटमा गोल गर्दे भालाडोलिडलाई अग्रता दिलाएका थिए । मार्कोस डे सौसाले दिएको पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै उनले गोल गरेका थिए।

पहिलो हाफमा एटलेटिको एक गोल पनि फर्काउन सकेन। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे एटलेटिकोले दुई गोल फर्कायो। एन्जल कोर्रियाले खेलको ५७ औं मिनेटमा एटलेटिकोका लागि पहिलो गोल गरेका थिए ।

लालिगा च्याम्पियन बन्नको आवश्यक जित सुनिश्चित गर्ने गोल सुआरेजले ६६ औं मिनेटमा गरे। भालाडोलिडका खेलाडीले दिएको ब्याकपास नियन्त्रणबाहिर हुँदा मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुआरेजले गोल गरे। सुआरेजले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वन स्थितिमा गोल गर्न सफल भएका हुन्।

यसरी एटलेटिकोलाई शनिबारको खेल जिताउने मात्र नभई लालिगा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका सुआरेज म्यान अफ द म्याच घोषित भए।

गोल संख्या २१

शनिबारको गोल सँगै सुआरेजले लालिगाको सन् २०२०-२१ को सिजनमा गोल संख्या २१ पुर्याएका छन्। सुआरेज लालिगामा सर्वाधिक बढी गोल गर्ने चौंथो खेलाडी बने।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१३:०८

यति कलिला सोनाम बाबुसँगै पुगे सगरमाथाको चुचुरो, उमेर सुन्दा सबै चकित !