ज्योतिष गणनाको अनुसार यो हप्ता ४ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशिका मानिसले धेरै क्षेत्रहरूमा शुभ परिणाम प्राप्त गर्ने संकेत छ। यो हप्ता ग्रह नक्षत्रको चाल यी चार राशिको लागि अनुकूल साबित हुनेछ। जान्नुहोस् यी राशिको बारेमा……
मिथुन राशि
यो हप्ता तपाईंले नयाँ योजनाहरूमा काम गर्ने अवसरहरू प्राप्त गर्नुहुनेछ। ठूला कार्य सुरु गर्नु अघि अग्रज तथा वरिष्ठ व्यक्तिको सल्लाह लिएर मात्र कार्यको सुरुवात गर्नुहोस्। बेरोजगार व्यक्तिहरूले नयाँ रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन्। व्यापारीहरुको लागि यो समय अनुकूल साबित हुनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला।
सिंह राशि
पारिवारिक तथा व्यावसायिक कलहको समाधान खोज्न तपाईं सफल हुनुहुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मी दुबैको खुब सहयोग प्राप्त गर्न सक्नुहुनेछ। अप्रत्यशित रूपमा रोकिएको धन फिर्ता पाउनु हुनेछ। युवाहरुको अधिक समय मनोरन्जन क्षेत्रमा बित्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। जीवनसाथीको पूरा साथ सहयोग प्राप्त हुनेछ। यस समयमा तपाईंको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। दीर्घकालीन रोगहरू देखा पर्न सक्छन्।
कन्या राशि
मित्र तथा आफन्तको सहयोगमा कुनै चुनौती पार गर्न तपाईं सफल हुनुहुनेछ। सरकारी क्षेत्रबाट भरपूर लाभ उठाउन सक्नुहुनेछ। ठूला कारोबारमा सोच-बिचार गरेर मात्र लगानी गर्नुहोस्। हप्ताको बीचमा घरको कुनै सदस्यको स्वास्थ्यलाई लिएर मन चिन्तित रहला। यस समयमा, महिला पेशेवरहरुमा कामको दबाव रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
मीन राशि
हप्ताको सुरुवातमा सन्तान पक्षबाट कुनै सुखद समाचार प्राप्त गर्नुहुनेछ। मनमा उत्साह तथा सकारात्मक बिचार राख्नाले तपाईंको कार्य योजनालाई अगाडी बढाउन मद्दतगार हुनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। हप्ताको अन्त्यमा प्रियजनसँग भेट हुनाले मन प्रशन्न हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। महिलाहरूले आफ्नो अधिकांश समय धार्मिक काममा बिताउँनेछन्।