युभेन्टसले च्याम्पियन्स लिग खेल्ने कि युरोपा लिग ? आज टुंगो लाग्ने !

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति यो सिजनको अन्तिम राउन्डको विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको एटलान्टाले एसी मिलानसँग खेल्दा बोलोग्नाले दवावमा रहेको युभेन्टसको आतिथ्यता गर्दैछ ।

युरोपा लिगमा स्थान पक्का गरिसकेको लाजियोले युरोपा कन्फ्रेस लिगको दौडमा रहेको सास्सुओलोसँग खेल्दैछ । युरोपा कन्फ्रेस लिगको दौडमा रहेको रोमाले स्पेजियासँग खेल्दैछ । युभेन्टस र बोलोग्नाबीचको खेल बोलोग्नाको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ ।

बोलोग्नाको मैदानमा उत्रदा युभेन्टसलाई जित निकाल्नै पर्ने दवाव छ । जित निकाल्न नसकेको खण्डमा युभेन्टस शीर्ष चारबाट बाहिर रहँदै युरोपा लिगमा खुम्चिनेछ । शीर्ष चारको दौडमा रहेको एटलान्टा र मिलानको खेल तथा नेपोलीले हेलास भेरोनाको नतिजाले पनि युभेन्टसको शीर्ष चारको यात्राको बाटो देखाउनेछ ।

बोलोग्नालाई पराजित गर्न सकेको अवस्थामा युभेन्टसको शीर्ष चारको सम्भावना रहनेछ । यस्तो अवस्थामा एटलान्टा र मिलानले बराबरी खेल्दा नेपोलीले बराबरी या हारको नतिजा निकाल्दा युभेन्टस शीर्ष चारमा पुग्नेछ । मिलान र नेपोली विजयी भएमा युभेन्टसले एटलान्टासँग अंक बराबरी गरेपनि हेडटु हेडमा युभेन्टस बाहिरिनेछ । युभेन्टसले मिलान र नेपोलीको बराबरी या हार चाहेको छ । बराबरी या हारले युभेन्टस शीर्ष चारबाट बाहिरिनेछ ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१८:१२

रोनाल्डोको म्यानचेस्टर युनाइटेड फिर्ति धेरै नजिक, यी खेलाडीसँग साटफेर हुने !