एथलेटिको म्याड्रिडले शनिबार रियल म्याड्रिडलाई पछि पार्दै ला लिगा उपाधि जित्न सफल भएपछि स्टार स्ट्राइकर लुइस सुवारेज रुँदै गरेको देखियो। डिएगो सिमियोनीको प्रशिक्षणमा रहेको एथलेटिकोलाई उपाधि जित्नको लागि आफ्नो अन्तिमा खेल जिते पुग्ने थियो।

तर भालाडोलिड विरुद्दको खेलमा म्याड्रिड पहिलो हाफमा १-० ले पछि पर्न पुग्यो। तर च्याम्पियन बनेको एथलेटिकोले एंगल कोरेया र लुइस सुवारेजको गोल मार्फत उत्कृष्ट पुनरागमन गर्दै जीतका साथै उपाधि हात पार्न सफल भयो। क्लबका लागि हिरो बनेका सुवारेज यसै सिजन मात्र बार्सिलोनाबाट एथलेटिको प्रस्थान गरेका थिए। बार्सिलोनामा ६ वर्ष बिताएका सुवारेजलाई नव नियुक्त प्रशिक्षक रोनाल्ड कोमनले उनी आफ्नो योजनामा नरहेको भन्दै क्लबबाट निकालेका थिए।

बुढो भएको भन्दै बार्सिलोनाबाट निकालिएको ३४ वर्षीय स्ट्राइकर नै एथलेटिको म्याड्रिडका सबैभन्दा महत्वपूर्ण खेलाडी बन्दै सबैलाई गलत साबित गराइदिए। यस्तोमा, उपाधि जितेपछि उरुग्वेका स्ट्राइकर मैदानको बीचमा कसैसँग फोनमा कुरा गर्दै रोइरहेको एक भिडियो अहिले चर्चामा रहेको छ। उनले आफ्ना परिवारसँग भिडियोमा कुरा गर्दा आफ्नो आँसु रोक्न सकेनन्। उक्त भिडियो लालिगाको आधिकारिक पेजमा पनि रहेको छ।
https://twitter.com/LaLiga/status/1396167924520456196?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1396167924520456196%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-reactions-luis-suarez-breaks-down-in-tears-after-atletico-madrid-clinch-la-liga-20210522
लुइस सुवारेजले क्लबका लागि यस सिजन लालिगामा कुल २१ गोल गर्न सफल भए। उनको २१ गोलले एथलेटिको म्याड्रिडलाई ३५ अंक दिलाउन सफल भयो। अन्तत एथलेटिको म्याड्रिड र अन्य क्लब बीच सबैभन्दा निर्णायक नै सुवारेज बन्न पुगे। सिजनको सुरुवातमा कलनसँग अनुबन्ध भएका उनको एथलेटिसँगको सम्झौता अर्को सिजनको अन्त्यबाट सकिनेछ।

