डाक्टरलाई भगवानको दोस्रो रुप पनि भनिन्छ। तर कतिपय समय डाक्टरहरुबाट पनि लापरबाही हुने गर्छ। केही डाक्टरहरू यति लापरवाह हुन्छन् कि उनीहरुको नराम्रो कार्यको नतिजा बिरामीहरूले भोग्नुपर्छ। आज हामी यस्तै एउटा घटनाको बारेमा बताउँछौं। एक बिरामी आफ्नो देब्रे खुट्टामा समस्या लिएर असपताल पुगेका थिए तर डाक्टरले गल्तीले उनको दाइने खुट्टा का-टिदिए।
रेउटर्सका अनुसार यो मामिला अस्ट्रियाको हो। यहाँ एक अस्पतालका डाक्टरहरुले बिरामीको गलत खुट्टाको अपरेसन गरेर का-टिदिए। भोलिपल्ट जब नर्सले बिरामीको खुट्टाको ड्रेसिङ्ग गर्दा मात्र यसको बारेमा सत्यता थाहा भयो। अष्ट्रियाको फ्रिस्टाट क्लिनिकमा कार्यरत एक डाक्टरको बिरामीको गलत खुट्टामा शल्यक्रिया गरे। उक्त बिरामी आफ्नो देब्रे खुट्टामा समस्या लिएर अस्पताल पुगेको थियो।

जब नर्सलाई यो गल्तीको बारेमा थाहा भयो तब उनले यसको बारेमा उच्च अधिकारीलाई खबर गरिन्। पूरा मामिला अगाडी आएपछि अस्पतालले आफ्नो गल्ती स्वीकार गरेको छ। अस्पतालको तर्फबाट एक विज्ञप्ति पनि जारी गरिएको छ। वास्तवमा जुन व्यक्तिको खुट्टा का-टिएको छ उनको उमेर ८२ वर्ष रहेको छ। यो गल्तिले गर्दा भएको नोक्सानको सबै जिम्मेवार पनि अस्पतालले लिने भएको छ।
डाक्टरको यस्तो गल्तीको नतिजा भने उक्त वृद्ध व्यक्तिले सहि रहनु परेको छ। उनका मानिसको अर्को खुट्टा पनि का-ट्नु पर्नेछ। यो घटनापछि सबैको मनमा एकै प्रश्न उठ्न सक्छ कि एक डाक्टरबाट यस्तो ठूलो गल्ती कसरी हुनसक्छ ? यसबारे अनुसन्धान पनि भइरहेको छ। यो पनि भनिएको छ कि अपरेसन थियटरमा लानु अघि बिरामीको गलत खुट्टामा मार्क गरिएको थियो, जसको कारण डाक्टरले गलत खुट्टाको अपरेसन गरे। यसै कारण अब उक्त व्यक्तिले आफ्नो बाँकी रहेको जीवन बिना खुट्टा नै बाँच्नु पर्नेछ।

