आज सोमबार कति छ सुनचाँदीको भाउ?

काठमाडौँ, जेठ १० ।  हप्ताको पहिलो दिन बढेको सुनको मुल्य आज दोस्रो दिन पनि बढेको छ ।  गत हप्ता लगातार बढेर अन्तिम दिन घटेको सुनको मूल्य  आइतबार  बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य १  सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार २  सय कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १  सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार २  सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत हप्ता सुन

गत हप्ता छापावाला सुन ९२ हजार ५ सय देखि ९३ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९२ हजार देखि ९३ हजार २ सय सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

 आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १३ सय ५०  रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१२:५७

नेप्सेमा चमक: हरेक दिन नयाँ रेकर्ड,कुन कम्पनीको शेयर मूल्य बढे, कुनको घटे?