“मेस्सी जस्तो खेलाडी फुटबल इतिहासमा आएको पनि थिएन, आउने पनि छैन”

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले बार्सिलोनाका कप्तानको भविष्य बारे चर्चा चलिरहँदा अर्जेन्टिनी फरवार्डको खुलेर तारिफ गरेका छन्। गत सिजन बार्सिलोना छाड्न प्रयास गरेका मेस्सीको भविष्य बार्सिलोनामा अझै पनि अनिश्चित रहेको छ। क्याम नाउमा पहिले एकसाथ काम गरेका मेस्सी र ग्वार्डीओला फेरी एकपटक पुन:मिलन हुन सक्ने सम्भावना रहेको छ।

धेरैले ३३ वर्षीय अर्जेन्टिनी खेलाडी बार्सिलोनामै बस्ने आशा गरेको भएता पनि उनले अझै पनि क्लबसँग आफ्नो सम्झौता नवीकरण गरेका छैनन्। ट्वीचसँगको एक अन्तर्वार्तामा कुरा गर्दै पूर्व बार्सिलोना प्रशिक्षकले भने,”मेस्सी अरु सबैभन्दा बलियो छन्। उनको फुटबलिंग क्षमताका साथै उनको मानसिकता पनि निकै बलियो छ।”

स्पेनिसले प्रशिक्षण गरेको ४ वर्षमा मेस्सीले एक पनि प्रशिक्षण सत्र नगुमाएको उनले बताए। मेस्सी प्रशिक्षणमा पनि कसैसँग हार्न तयार नहुने खेलाडी रहेको ग्वार्डीओला बताउँछन्। मेस्सीसँग फुटबल इतिहासमा मात्र ४-५ जनासँग भएको मानसिकता रहेको सिटी कोचको बुझाइ छ। ग्वार्डीओलाको नजरमा मेस्सी जस्तो खेलाडी फुटबल इतिहासमै आएको थिएन र आउन निकै गाह्रो रहेको छ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता अबको केहि समयमा नै अन्त्य हुँदैछ। जसपछि उनी जुनसुकै क्लबसँग आवद्द हुनको लागि फ्री हुनेछन्। तर उनले बार्सिलोनामा नै बस्ने निर्णय गरिसकेको केहि रिपोर्टसले बताईरहेका छन्। बार्सिलोनाका कप्तान आफ्नो युवा टोली र उनीहरुको मानसिकतालाई लिएर निकै प्रभावित रहेको पनि बुझिएको छ।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१६:०७

युरोकप २०२० को लागि स्पेनको टोली घोषणा, परेनन् सर्जियो रामोस, लापोर्ट पहिलो पटक टोलीमा !