पछिल्लो २४ घण्टामा यति धेरै मानिसमा देखियो कोरोना संक्रमण, १८५ जनाको मृत्यु !

शुक्रबार थप ७ हजार ४२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५ लाख २० हजार ४६१ पुगेको छ । थप १९ हजार ८४६ जनाको पिसिआर परीक्षण तथा ६०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ७ हजार २२० तथा एन्टिजेनबाट २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख ३६ हजार ३१४ जना पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७६.५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १५ हजार ४४७ सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १८५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ६ हजार ५३१  पुगेको छ।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१७:०८

नेपालको मौसममा शुरु भयो शक्तिशाली चक्रवात यासको असर, के होला ? [३ दिनको मौसम]