नेपालमा कोरोना मुक्त हुने सङ्ख्या ४ लाख माथि, ६७०० को मृत्यु [विवरण सहित]

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६३६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन २२ हजार ३०६ जनाको पीसीआर परीक्षण र ६३० जनाको एन्टीजिन परिक्षण गर्दा  कुल ८ हजार ६३६ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १६९ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ६ हजार ७०० पुगेको छ ।

यस दिन मुलुकभर ६ हजार ४०४ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ लाख ४ हजार ८८७ पुगेको छ। अहिले नेपालमा १ लाख १७ हजार २६१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र २ हजार ६१३ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार ८६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८१७:३३

‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन, भ्रामक समाचार सम्प्रेषण गर्नेलाई कारवाही हुन्छ’