बलिउडमा जब पनि खानको नाम लिई न्छ तब सबैको मनमा आमिर, शाहरुख र सलमानको नाम आउँछ। यधपी यी तीन बाहेक एक अर्को पनि खान रहेका छन् जसले उनीहरुसँगै बलिउडमा कदम राखे। उनको नाम सैफ अली खान हो। सैफले आफ्नो हालैको अन्तर्वार्तामा बलिउडको तीन खानभन्दा कम सफ्रल भएको बारे कुराकानी गरेका थिए।
एक अन्तर्वार्तामा सैफ अली खानलाई तीन खानभन्दा कम सफलता पाएको प्रश्न गर्दा उनले यो उनको लागि राम्रो कुरा रहेको बताएका थिए। साथै यस कुरामा सहमत भएर सैफ अली खान भन्छन् , ‘ मैले भन्नु पर्दा यी सबै शाहरुख, सलमान र आमिर -एक तरिकाले अभिनेता बन्नको लागि नै जन्मेका हुन्। मलाई लाग्छ कि यो उनीहरुको बाल्यकालको लक्ष्य हुन सक्छ । मलाई थाहा छ कि ति मध्ये दुईजनाको बारेमा यो कुरा साँचो हो। ‘
उनले अगाडी भने , ‘ मलाई यो सलमानको लक्ष्य हो कि हैन भनेर त थाहा छैन। तर उनी यसैको लागि जन्मेका हुन् भनेर चाहिँ थाहा छ। मैले यस्तो समयमा फिल्ममा काम गर्न सुरु गरेको थिए जब कि त तपाई आफु सुपरस्टर बन्ने सपना देख्नुहुन्छ कि त तपाईलाई केहि फरक नै पर्दैन। एक यस्तो बिन्दु थियो जुन कमजोर त थिएन तर विभिन्न पात्रहरूको बारेमा थियो। जुन अहिले भईसकेको छ ।’
सैफ अली खानले फिल्ममा आफ्नो अभिनयबाट त दर्शकको मन जिते तर अहिले उनी वेब सीरीजमा पनि काम गरिरहेका छन्। उनको अन्तिम सीरीज तांडव अमेजन प्राइममा रिलीज भएको थियो। सैफ्व अली खान ५० वर्षको भएपनि पर्दामा उनलाई ३०-३५ को जस्तो देखिन्छ। वास्तविक जीवनमा उनी आकर्षक र फिट छन्। उनको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने लामो समयसम्म प्रेम सम्बन्धमा रहेर उनले करीनासँग सन् २०१२ मा बिहे गरेका थिए। बिहे भएको चार वर्षपछि पहिलो छोरा २०१६ मा जन्माएकी थिइन्। त्यसपछि २०२१ मा सैफ-करीना दोस्रो आमाबुबा भएका थिए।

