आमा सारिका र बुबा कमल हासनको डिभोर्सले खुशी श्रुति हासन, आफैं खुलाइन् कारण !

अभिनेत्री  श्रुति हासनले  साउथ फिल्ममा मात्र नभई बलिउड फिल्ममा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छन्। यसबाहेक श्रुति आफ्नो निजी मामिलालाई लिएर पनि खुलेर कुराकानी गर्छिन्।  श्रुति साउथ सुपरस्टार कमल हासन र सारिकाको छोरी हुन्। उनी लाइमलाइटबाट टाढा नै बस्न रुचाउछिन्। तर सामाजिक सञ्जालमा भने सक्रिय रहन्छिन्। हालै अभिनेत्रीले  अन्तर्वार्तामा आफ्नो आमाबुबाको डिभोर्सबारे खुलेर कुरा गरेकी थिइन्। उनले आफ्नो आमाबुबाको डिभोर्समा खुशी भएको  र उनलाई यस निर्णयमा गर्व लागेको कुरा बताएकी थिइन् ।

हालैको इन्टरटेनमेन्ट वेबसाइटलाई दिएको अन्तर्वार्तामा  श्रुति हासनले भनेकी थिइन्, ”  म आमाबुबाको निर्णयलाई लिएर निकै खुशी छु किनकी यदि दुई व्यक्ति सँगै बस्न सकिरहेका छैनन् भने उनीहरुलाई जबर्जस्ती गर्न जरुरी छैन। म मेरो पितासँग धेरै नजिक छु र आमा पनि मेरो जीवनको महत्त्वपूर्ण हिस्सा  हुनुहुन्छ। म उहाँहरु अलग हुँदा खुशी थिए। दुवैजना छुट्टाछुट्टै तरिकाले उत्कृष्ट व्यक्ति हुनुहुन्छ । दुवैजना छुट्टिदा सानै  थिए र साधारण थिए।’

श्रुति हासनको बुबा  कमल हासन र आमा  सारिका बिहे भएको १६ वर्षपछि छुट्टिका थिए। उनीहरुको बिहे १९९८ ,मा भएको थियो र २००४ मा उनीहरुले डिभोर्स  लिने निर्णय लिएका थिए। त्यस समय  श्रुति १६ वर्षकी थिइन् र अक्षरा हासन १० वर्षकी थिइन्।

श्रुति हासनले २००९ सालमा फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले  ‘डी-डे’,’रमिया वस्तावइया’, ‘गब्बर इज ब्याक ‘, ‘वेलकम ब्याक ‘ जस्ता थुप्रै फिल्ममा कम गरिन्। उनले अन्तिमपटक  फिल्म ‘वकील साब’ मा काम गरेकी थिइन्। उनी छिट्टै प्रभाससँग फिल्म ‘सलार’ मा काम गर्नेछिन्।

प्रकाशित : बुधबार, जेठ १२, २०७८१०:२२

आफूभन्दा शाहरुख-सलमान र आमिरलाई राम्रो अभिनेता मान्छन् सैफ अली खान, कारण यस्तो !