रामकृष्ण ढकालले कोरोना संक्रमितका लागि उठाए १८ लाख !

काठमाडौं । गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमितको उपचारका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । अहिले अमेरिकामा रहेका उनले अक्सिजन अभावमा नेपालमा दिनदिनै कोरोना संक्रमितको मृत्यु भइरहेको खबरले मर्माहत भएकाले सहयोग जुटाएको बताए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

गायक ढकालले अमेरिकामा रहेका आफ्ना दर्शक/स्रोताबाट सहयोग रकम संकलन गरिएको जानकारी दिए । सांगीतिक कार्यक्रम गर्न अमेरिका गएका उनी कोरोना महामारीका कारण उतै रोकिएका हुन् । उनले सहयोग जुटाएर नेपाल पठाएका हुन् ।

गायक ढकालले भने, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीले खुला हृदयले सहयोग गर्नुभएको छ ।

यही क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख नेपाली यस्तो विषम परिस्थितिमा पनि निःस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनुभएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा वायरमार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’ उनले सहयोग गर्ने सहयोगीको नाम र रकमको सूची पनि दिएका छन् ।

प्रकाशित : बुधबार, जेठ १२, २०७८०७:५५

बढ्यो रासायनिक मलको मूल्य, कति पुग्यो ?