हरिहरका बुवाको कोरोनाले मृत्यु: निताले ‘आइ मिस यु बुवा’ भन्दै यसरी गरिन दुख व्यक्त!

काठमाडौँ, जेठ १२ ।  नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दिन-दिई बढिरहेको छ ।  कोरोना संक्रमितले अस्पतालमा आइसीयु नपाउदा अकालमै ज्यान गुमाउनु परेको छ।  त्यस्तै युवा ज्योतिष हरिहर अधिकारीको बुवा रामबहादुर अधिकारीको पनि कोरोना संक्रमणबाट  सोमबार निधन भयो ।  करिब ३ सातादेखि  कोरोनासँग संघर्षरत रामबहादुरको उपचारको क्रममा निधन भएको हो । समयमा अस्पतालमा उपचार नपाएर उनको निधन भएपछि अभिनेत्रीले सामाजिक संजालमार्फत दुख व्यक्त गरेकी छिन्। उनि लेख्छिन:

“मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।
सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रदान्जली  बुवा, हजुरको वैकुण्ठमा बास होस्, आइ मिस यु बुवा”

प्रकाशित : बुधबार, जेठ १२, २०७८१२:४९

भन्सार एजेन्टको लिखित परीक्षा स्थगन