यी हुन् युरोपका टप लिगमा सबैभन्दा बढी गोलमा संलग्न टप १५ खेलाडी, रोनाल्डो छैनन् उत्कृष्ट १० मा पनि !

सिजन २०२०/२१ पनि सकिएको छ। यो सिजन निकै नै अनौठो रह्यो। फ्यान बिनाको स्टेडियम भीएआर विवाद यस्तै-यस्तै थुप्रै चीज रहे। तर यस सिजन केहि निकै रोमान्च पनि प्रदान गर्यो। फुटबल प्रशंसकले एथलेटिको म्याड्रिडलाई ७ वर्षपछि लिग च्याम्पियनको रूपमा देखे भने सेरी-ए र फ्रेन्च लिगमा पनि निकै लामो समयपछि इन्टर मिलान र लिलको रूपमा नयाँ च्याम्पियन देख्न मिल्यो।

युरोपभर, आक्रमणकारी दिमागका फुटबलरहरूले आफ्नो जादू छाड्न सफल भए र अन्ततः धेरैभन्दा धेरै गोलका साथ सबै फुटबल जगतमा उत्साह फैलाउन सफल भए। यस मामिलामा बार्यन म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की सबैभन्दा टपमा रहे। उनले बुन्डेसलिगामा ४१ गोल र ७ असिस्टका साथ ४८ गोलमा आफ्नो अनुदान पुर्याए।

यस्तोमा आज हामी तपाईंलाई युरोपका टप १० लिगमा सबैभन्दा धेरै गोलमा अनुदान गर्ने टप १५ खेलाडीको बारेमा बताउँछौं…..

१५. जेरार्ड मोरेनो (भिल्लारियल) – ३० 

खेल: ३३

गोल: २३

असिस्ट: ७

१४. मेहदी टारेमी (एफसी पोर्टो) – ३१ 

खेल:  ३४

गोल: १६

असिस्ट: १५

१३. लुइस मुरिएल (एटालान्टा) – ३१ 

खेल:  ३६

गोल: २२

असिस्ट: ९

१२. पौल ओनौचा (गेन्क) – ३१ 

खेल:  ३३

गोल: २९

असिस्ट: २

११. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) -३१ 

खेल:  ३३

गोल: २९

असिस्ट: २

१०. राफाएल होल्सहाउजर (ब्रेसकर्ट भी.ए.) – ३२  

खेल:  ३४

गोल: १६

असिस्ट: १६

९. मेम्फिस डेपे (लियोन) – ३२ 

खेल:  ३७

गोल: २०

असिस्ट: १२

८. करिम बेन्जेमा (रियल म्याड्रिड) – ३२ 

खेल:  ३४

गोल: २३

असिस्ट: ९

७. रोमेलु लुकाकु (इन्टर मिलान) – ३४ 

खेल:  ३६

गोल: २४

असिस्ट: १०

६. किलियन एम्बाप्पे (पीएसजी) – ३४ 

खेल:  ३१

गोल: २७

असिस्ट: ७

५. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड) – ३५ 

खेल:  २८

गोल: २७

असिस्ट: ८

४. आन्द्रे सिल्भा (फ्रान्कफर्ट) – ३६ 

खेल:  ३२

गोल: २७

असिस्ट: ८

३. ह्यारी केन (टोटनह्याम हट्सपर) – ३७ 

खेल:  ३५

गोल: २३

असिस्ट: १३

२. लियोनल मेस्सी (बार्सिलोना) – ३९ 

खेल:  ३५

गोल: ३०

असिस्ट: ९

१. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – ४८ 

खेल: २९

गोल: ४१

असिस्ट: ७

प्रकाशित : बुधबार, जेठ १२, २०७८१३:२२

कसले जित्ला त यो पटकको युरोकप ? तपाईं कसको समर्थनमा ?