एजेन्सी – बार्सिलोनाबाट अपमानजनक बहिर्गमन पश्चात एटलेटिको म्याड्रिड पुगेका लुइस सुआरेज तत्काल एटलेटिको छाड्ने मुडमा छैनन्। उनी आउने सिजन एटलेटिकोमै रहने पक्का भएको छ।
सुआरेज आफैंले तत्काल एटलेटिको नछाड्ने बताएका छन्। एटलेटिकोलाई स्पेनिस ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका सुआरेजले स्पेनमै रहेर फुटबल खेल्न चाहेका छन्।
स्पेनिस ला लिगा जितेपछि सुआरेजले खेल्ने मौका र ठाउँ दिएकोमा एटलेटिकोलाई धन्यवाद दिँदै क्लबमै रहने इच्छा व्यक्त गरेका छन्। एटलेटिको छाड्ने सोच आफूले नराखेको उनको भनाई छ।
सुआरेजको स्पष्टोक्ति सँगै उनी लिभरपुल फर्किने स्मभावाना टरेको छ। पछिल्लो केहि समय देखि उनी लिभरपुल फर्किने चर्चा चलिरहेको थियो, जसमा अहिले आएर पूर्णविराम लागेको छ।
बार्सिलोनाबाट निकालिएको इख
सुआरेजलाई बार्सिलोनाबाट जारी निकालियो, त्यसलाई लिएर सुआरेजले धेरै नै चित्त दुखाएका छन्। त्यस विषयमा बार्सिलोनाका कप्तान पनि रुष्ट छन्। अपमानजनक ढंगको बहिर्गमन भोग्न बाध्य भएकै कारण सुआरेजले राम्रो भन्दा राम्रो प्रदर्शन गर्ने प्रण गरिरहेका छन्।
सुआरेज पछिल्ला केहि अन्तर्वार्ताहरुमा सक्दो सुधार्ने आफ्नो प्रयास रहने बताइसकेका छन्। एल पार्तिदाजोसँग कुराकानी गर्दा उनले क्लब छाड्दा क्लबका पूर्वअध्यक्ष बार्टोमेउले नराम्रो व्यवहार गरेको र रोनाल्ड कोम्यानले पनि त्यस्तै गरेको बताएका थिए। त्यसक्रममा उनले कोम्यानमा पर्सनालिटी नै नभएको बताएका थिए।
बार्सिलोनाले अपमानजनक रुपमा निकालेपनि एटलेटिकोले ठूलो विश्वास गरेको प्रति उनी आभारी छ। प्रशिक्षक डिएगो सिमिओनीले पनि सुआरेज आफ्नो योजनाको महत्त्वपूर्ण पाटो रहेको बताइसकेको अवस्था छ। यसरी सुआरेज एटलेटिकोमै रहने पक्का भएको भन्न सकिन्छ।