बलिउड इन्डस्ट्रीमा पहिलाको तुलनामा कलाकारबीच झगडा भएको कमै सुन्न पाईन्छ। ९० को दशक बलिउडमा नायिकाहरुबीच धेरै क्याट फाइट हुन्थ्यो। त्यस समय धेरै अभिनेत्री सुन्दरता देखि फिल्म साइन गर्नेसम्म हरेक कुरालाई लिएर एकअर्कासँग प्रतिष्पर्धा राख्थे।
केहि यस्तै झगडा माधुरी दीक्षित र जुही चावलाबीच पनि भएको थियो। यधपी यी दुई अभिनेत्रीले सार्वजनिक रुपमा खुलेर एकअर्कालाई केहि पनि भनेका छैनन्। तर ९० को दशकमा दुवैबीच मनमुटाव भएको बताइन्छ। यसैकारण एकपटक जुहीले ठुलो क्षति बेहोर्नु परेको थियो। उनलाई सुपरहिट फिल्म ‘दिल तो पागल है’ अफर भएको थियो तर माधुरी दीक्षितको कारण उनले फिल्ममा काम गर्न अस्वीकार गरिन्। थाहा पाउनुहोस् यी दुईको किस्सा –
माधुरी र जूही दुवै त्यस समयको चर्चित नायिका थिए । फ्यान उनीहरुको सुन्दरता ,अभिनय, डान्स र मुस्कान तथा सबै कुराको दिवाना थिए। यहीकारण दुवै अभिनेत्री धेरै भन्दा धेरै हिट फिल्मको हिस्सा बन्न चाहन्थे। एक अन्तर्वार्तामा जुही चावलाले ‘दिल तो पागल है’ फिल्ममा काम गर्न स्वीकार गरेको कुरा बताएकी थिइन्।
जूहीले करिश्मा कपूरभन्दा पहिला त्यो रोल आफुलाई अफर भएको बताएकी थिइन्। उनलाई फिल्ममा आफ्नो भूमिका मुख्य नभएको र मुख्य भूमिकामा माधुरी दीक्षित भएको कारण उनले फिल्ममा काम गर्न अस्वीकार गरेकी थिइन्। जूही माधुरीको अगाडी दोस्रो मुख्य भूमिका निभाउन चाहदैनथिन्। यधपी यसको फाइदा करिश्मा कपूरलाई मिलेको थियो।
माधुरी दीक्षित, शाहरुख खान र करिश्मा कपूर रहेको सोहि फिल्म सुपरहिट भएको थियो। फिल्ममा माधुरी र शाहरुखको जोडीलाई दर्शकले निकै मन पराएका थिए। शाहरुख र जूहीको जोडीलाई पनि दर्शकले निकै रुचाउथे। त्यसबेला माधुरीको कारण जूहीले यस फिल्ममा कम गर्न अस्वीकार गरेपनि सन् २०१४ मा दुवैले ‘गुलाब ग्यांग’ मा सँगै काम गरेका थिए। यस फिल्मबाहेक यी दुई कारण जोहरको च्याट शो मा पनि देखिसकेका छन्।