हालै चर्चित तथा उदयमान पप गायक नितेश जङ्ग कुवरले संगीत यात्राबाट सन्यास लिने घोषणा गरेपछि चर्चामा थिए। यस खबर सेलाउन नपाउदै उनी फेरि अर्को खबरको कारण चर्चामा छन्। यसपटक उनको चर्चाको विषय संगीत नभई उनको प्रेम सम्बन्ध रहेको छ। नितेश संचारकर्मी एवम् मोडल ओसिन सिटौलासँगको प्रेम सम्बन्धका कारण सबैको नजरमा पर्न सफल भएका छन्।

नितेश र ओशिनको प्रेम सम्बन्ध सार्वजनिक भएसँगै उनका फ्यानहरु यस खबरका कारण निकै आश्चर्यचकित छन्। ओशिनले केहि दिन अघि नितेशको जन्मदिनमा भिडियो र फोटो साझा गरेर सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन्। त्यसमा उनीहरु बीच भएको प्रेम स्पष्ट देख्न सक्छौ।
उनीहरुले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक नगरेपनि उनीहरुको साथीका अनुसार उनीहरु एकअर्कासँग प्रेममा भएको कुरा खुलासा भएको छ। ओशिन लोकप्रिय रियलिटी शो ‘ भ्वाइस अफ नेपाल ‘मा होस्ट थिइन् त्यसै शोबाट उनको चर्चा बढेको हो। साथै उनी लोकप्रिय कार्यक्रम हन्गर हन्टमा पनि प्रस्तोताको रुपमा काम गर्छिन्। उनी सबैको मनमा बस्न सफल टेलिभिजन प्रस्तुतकर्ता पनि हुन् l

