आज जेठ १४ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सकेसम्म रिसलाई नियन्त्रन गर्ने कोसिस गर्नुहोला। कार्य वा सम्बन्ध बिगार्नमा रिस खर्चिनु हुन्छ। शरीरमा उर्जाको अभाव हुनेछ। मानसिक अस्वस्थताको स्थितिको कारण कुनै पनि कार्य गर्नको लागि प्रेरित रहनु हुनेछैन। कुनै धार्मिक वा मांगलिक प्रसंगमा उपस्थित हुनुहुनेछ। तिर्थ यात्रामा जान सक्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कार्य सफलतामा ढिलाई वा शारीरिक अस्वस्थताको कारण निराशाको भावना अनुभव गर्नुहुनेछ। अत्यधिक कामको बोझले  थकान र मानसिक बेचैनी अनुभव होला । नयाँ कार्य प्रारम्भ नगर्नुहोला।  खानपिनमा विशेष ध्यान राख्नुहोला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक वा  मानसिक ताजगी र प्रफुल्लितताको अनुभव गर्नुहुनेछ। कुटुम्ब तथा मित्रसँग भ्रमण वा पार्टी आयोजन गर्नुहुनेछ। मनोरंजनको लागि सबै सामग्री उपलब्ध हुनेछ। सुन्दर कपडा र उत्तम भोजन प्राप्त गर्नुहुनेछ। विपरीत लिङ्गिय पात्र तर्फ अधिक आकर्षण रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईलाई खुशी र सफलता एक साथ मिल्नेछ। पारिवारिक सदस्यसँग घरमा सुख-शान्तिमा दिन बिताउनुहुनेछ। रोजगारीलाई  लाभ हुनेछ। प्रतिस्पर्धिलाई पराजय गर्न सक्नुहुनेछ। स्त्री मित्रसँग भेट हुँदा आनन्द महसुस गर्नुहुनेछ।  सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

लेखन, साहित्यको क्षेत्रमा केहि नयाँ गर्ने प्रेरणा मिल्नेछ। विद्यार्थीले अध्ययनमा उत्तम प्रदर्शन  गर्न सक्नेछन्। प्रणयमा सफलता र प्रिय व्यक्तिसँगको भेटले मन हर्षित हुनेछ। स्त्री मित्रको सहयोग अधिक मिल्नेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। धार्मिक परोपकार कार्य  गरेर धन्य अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

हरेक कार्यमा  प्रतिकूल अनुभव गर्नुहुनेछ  । स्वास्थ्य खराब होला । मन चिन्ताग्रस्त रहनेछ । पारिवारिक सदस्यसँग झगडा हुँदा घरमा अशान्ति रहनेछ। सार्वजनिक रूपले मानहानि हुन् सक्ला। पानीसँग डर रहनेछ।  त्यसैले जलाशयबाट टाढा नै रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शुभ वा धार्मिक अवसरमा यात्राको आयोजन गर्नुहुनेछ। भाईबहिनीसँग सौहार्दपूर्ण वातावरण रहनेछ। व्यावहारिक अवसरमा बाहिर जानुहुनेछ। विदेशबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। नयाँ कार्यको आरम्भ गर्न सक्नुहुनेछ। धन लाभको योग रहेको छ। पुँजी लगानीको लागि अनुकुल दिन रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग गलत धारणा नहोस् यस कुराबाट बच्नुहोला। मनमा उत्पन्न भएको नकारात्मक विचारबाट टाढा रहनुहोला। विद्या प्राप्तिमा विद्यार्थीलाई अवरोध हुनेछ। अनावश्यक पैसा खर्च नगर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ राख्नुहोला। आर्थिक लाभ प्राप्त हुनेछ। कुनै तीर्थयात्रामा जानुहुनेछ। आफन्त र मित्रसँगको भेटले मन खुशी रहनेछ। दाम्पत्य जीवनमा निकटता र मधुरता दुवै रहनेछ। मान- प्रतिष्ठा वृद्धि हुनेछ। स्वादिष्ट भोजनको स्वाद लिनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अधिक परिश्रम गर्दापनि कम सफलता मिल्नाले निराशाको भावना उत्पन्न हुनेछ। पारिवारिक वातावरण अशान्त रहनेछ। स्वास्थ्य सम्बन्धि गुनासो रहनेछन्। व्यावसायिक कार्यमा सरकारी हस्तक्षेप बढ्नेछ। अदालती कार्यमा सम्हालेर कदम उठाउनुहोला। धार्मिक तथा सामाजिक कार्यमा भाग लिनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ  कार्यको लागि योजना बनाउन सक्नुहुनेछ। पेसा वा व्यवसायमा लाभ प्राप्त हुनेछ। स्त्री मित्रको प्रगतिमा सहायक बन्नुहुनेछ। आर्थिक लाभको दृष्टिले दिन राम्रो रहेको छ। रमणीय स्थलमा घुम्न जानुहुनेछ। समाजमा प्रसिद्दि बढ्नेछ। सन्तानको प्रगति हुनेछ। अविवाहितको बिहे हुने योग रहेको छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पेसा वा व्यवसायमा सफलता पाउनुको साथसाथै उच्च पदाधिकारीको प्रोत्साहित गर्ने व्यवहारले अत्यन्तै  प्रसन्न रहनुहुनेछ। व्यापारीको व्यापार वृद्दि हुनेछ। पिता तथा वृद्दको तर्फबाट लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। घरायसी माहोल आनन्दमय रहनेछ। मान सम्मान वा उच्च पद प्राप्त होला।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८२१:२२

भोलि जेठ १५ गते शनिबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !