“च्याम्पियन्स लिग फाइनल भएर के भयो त ? मेरो लागि एक साधारण खेल हुनेछ”

म्यानचेस्टर सिटीको लिग उपाधिमा निकै महत्वपूर्ण भूमिका खेल्नुका साथै च्याम्पियन्स लिग सेमी-फाइनलमा पीएसजी विरुद्ध दुई खेलमा ३ गोल गरेका रियाद माहारेज हाल आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा रहेको भन्नेमा विवाद गर्न सकिन्छ। तर लेसेस्टर सिटीमा उनको प्रदर्शन ? यो कुरा तपाईंको दिमागमा आउन सक्छ।

२०१५-१६ सिजनमा लेसेस्टर सिटीले अप्रत्याशित रूपमा प्रिमियर लिग उपाधि जित्दा माहारेजको भूमिका सबैभन्दा महत्वपूर्ण थियो। उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा उनलाई पीएफए प्लेयेर अफ त इयर अवार्ड समेत दिइयो। हाल, ३० वर्षीय अल्जेरियन खेलाडी ठूला खेलमा प्रभाव छाड्ने खेलाडीको रूपमा विकसित भइसकेका छन्।

लेसेस्टर सिटीको उपाधि विजयी यात्रामा उनले १७ गोल गरेका थिए। त्यस्तै, २०१९ मा अफ्रिकन कप सेमी-फाइनलमा ९५ औं मिनेटमा विजयी गोल गर्दै उनले अल्जेरियालाई २९ वर्षपछि उपाधि जित्न ठूलो भूमिका खेले। अब च्याम्पियन्स लिग मेडलले उनको उपाधि कलेक्सनलाई झन् आकर्षक र पूर्ण बाउनेछ। तर सिटी स्टारले भने यसलाई एक साधारण खेलको रूपमा लिएका छन् जसमा उनी उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्।

गोलसँग भर्चुअल रूपमा कुरा गर्दै उनले भने,”हामी च्याम्पियन्स लिग फाइनल खेल्नको लागि निकै सहज छौं। कुनै दबाब छैन, आफ्नो व्यक्तित्वका साथ खेल्ने छौं, त्यति हो।” हरेक खेल अगाडी दबाब हुने जुन सकारात्मक दबाब हुने र त्यसलाई कुनै पनि खेलाडीले विश्वास र व्यक्तित्वमा परिवर्तन गर्न सक्नु पर्ने उनले स्पष्ट पारे।

थप रूपमा बोल्दै उनले भने,”म यो खेललाई सहज त भन्दिन तर मेरो लागि यो ठिक छ। म मेरो टाउकोमा यसको दबाब पार्न चाहन्न, यस खेललाई पनि म एक साधारण खेल जसरी नै खेल्नेछु। अवश्य यो च्याम्पियन्स लिग फाइनलको भन्ने कुरा ध्यानमा राख्नेछु तर मलाई यो साधारण फुटबल खेल हुनेछ।”

सिटीले मे ३० नेपाली समय अनुसार राति १२:४५ मा च्याम्पियन्स लिग फाइनलमा चेल्सीको सामना गर्दैछ। पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको सिटी चेल्सीलाई पराजित गर्दै पहिलोपल्ट नै उपाधि उपाधि उचाल्ने दाउमा रहेको छ भने २०१२ मा उपाधि जितेको चेल्सी यो पटक पनि सिटीलाई निराश पार्दै दोस्रो पटक उपाधि जित्ने दाउमा हुनेछ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१०:२३

के साँच्चै युरोपका ५ स्ट्राइकर रोनाल्डो भन्दा उत्कृष्ट छन् त ? हेर्नुहोस् टप १० उत्कृष्ट स्ट्राइकरको सूची !