एजेन्सी – शुक्रबार सकिएर शनिबार लागेलगतै शुक्रले राशि परिवर्तन गर्देछ। मध्यराति १२ बजेर २८ मिनेट जाँदा शुक्र मिथुन राशिमा प्रवेश गर्नेछ। मिथुन राशिमा यस अगाडी देखि नै बुध र मंगल ग्रह छन्। शुक्रको राशि परिवर्तन सँगै मंगल र बुधसँग शुक्रको भेट हुनेछ। यस्तो हुँदा बन्ने त्रिग्रही योगले सम्पूर्ण राशि हुनेहरुलाई प्रभाव पार्नेछ।
त्रिग्रही योगको सबै भन्दा बढी लाभ कुन-कुन राशिलाई ?
वृष राशि
त्रिग्रही योगको लाभ वृष राशि हुनेहरुलाई अत्याधिक मिल्ने देखिन्छ। पछिल्लो समय देखि रहेका दुख तथा कष्ट देखि छुटकारा मिल्नेछ। आर्थिक रुपमा मनग्गे लाभ मिल्नेछ। घर-जग्गा सम्बन्धी किचलोबाट छुटकारा मिल्दा तनाव घट्नेछ। स्वास्थ्यमा पनि सुधार हुन सक्ला। अझै त्रिग्रही योग महिलावर्गहरुका लागि थप विशेष सावित हुन सक्ला।
कन्या राशि
मिथुनमा तीन ग्रहको भेट हुँदा कन्या राशि हुनेहरुलाई विभिन्न कोणबाट लाभ मिल्नेछन्। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। आर्थिक रुपमा आमदानीका नयाँ श्रोत फेला पर्नेछन्। नयाँ थालनीको योग पनि बन्न सक्ला। शासन सत्ताको पूर्ण सहयोग मिल्ने देखिन्छ। सरकारी कार्यबाट लाभ मिल्नुका साथै रोजगारमा पदोन्नती रहने पनि देखिन्छ।
धनु राशि
तीन ग्रहको भेट धनु राशि हुनेहरुका लागि पनि विशेष रहनेछ। ऋण चुक्ता गर्न सफल सकिएला भने जग्गा-जमिन जोड्न पनि सफल भइने देखिन्छ। सोचेअनुसार कामहरु सफल हुँदा थप उर्जा बढ्नेछ। राज्यपक्षबाट पूर्ण सहयोग मिल्नेछ। स्वास्थ्यमा पनि सुधार हुने देखिन्छ। पराक्रम बढ्द शत्रु सहजै पराजित हुनेछन्।
कुम्भ राशि
त्रिग्रही योगले कुम्भ राशि हुनेहरुको जीवनमा अनेक सकारात्मक परिवर्तन गराउनेछ। तीन ग्रहको विशेष गरेर पारिवारिक जीवनमा प्रभाव रहनेछ। परिवारमा रहेका कलह हराएर जानेछन्। प्रेमि-प्रेमिकासँगको सम्बन्धमा उल्लेख्य सुधार हुनेछ। मित्रजन तथा आफन्तजनबाट सोचेजस्तै सहयोग मिल्द महत्वपूर कार्य सम्पन्न हुनेछन्। ऊर्जाशक्तिको पूर्ण उपयोग गर्न सकिए कायापलट हुनेछ।