जेष्ठ १५ गते अर्थात भोलिको दिनबाट शुक्र देव मिथुन राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह यस राशिमा २२ जुनसम्म स्थित रहनेछ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई वृष तथा तुला राशिको स्वामित्व प्राप्त रहेको छ। शुक्र ग्रह कन्या राशिमा नीच रहनेछ भने मकर राशिमा उच्च रहनेछ। शुक्र देवलाई समस्त प्रकारको भौतिक शुखको कारक मानिन्छ। यस ग्रह मिथुन राशिमा गोचर हुँदा केहि विशेष राशिलाई शुभ परिणाम प्राप्त हुनेछ। यी राशि यस प्रकार छन्:-
वृष राशि
शुक्रको गोचरले वृष राशि हुनेहरुलाई आर्थिक रुपमा व्यय गराउने देखिन्छ। व्यवसायको क्षेत्रमा कठिन भन्दा कठिन समस्यासँग सक्षात्कार हुने देखिन्छ। पारिवारिक तथा दाम्पत्य जीवन भने उत्साहप्रद रहनेछ। यात्राको अवसर पनि रहन सक्ला।
मिथुन राशि
शुक्रको गोचर पश्चात मिथुन राशि हुनेहरुको मान-सम्मान वृद्धि हुनेछ। सामाजिक रुपमा रहेका दायित्व सहजै पूरा गर्न सकिनेछ। व्यवसायमा मात्र नभई रोजगारको क्षेत्रमा पनि उल्लेख्य लाभ मिल्ने देखिन्छ। शिक्षाको क्षेत्रमा पनि सोचेजस्तै सफलता मिल्न सक्ला।
कन्या राशि
शुक्रको राशि परिवर्तनले कन्या राशि हुनेहरुको आर्थिक लक्ष मजबुत बनाउनेछ। अपेक्षा नगरिएका क्षेत्रबाट पनि आर्थिक लाभ मिल्नेछन्। धेरै समय देखि अड्किएका कार्य पनि सुचारु हुन सक्ने देखिन्छ। रोजगारीमा पदोन्नतीको योग रहन सक्ला।
तुला राशि
शुक्रको राशि परिवर्तनले तुला राशि हुनेहरुको जीवनमा सफलताका ढोकाहरु खोल्नेछ। धेरै समय देखिका योजनाहरु सफल हुनेछन्। नयाँ कार्यथालनीको अवसर जुर्नेछ। पैतृक सम्पत्तिलाई लिएर रहेका विवाद देखि छुटकारा पनि मिल्नेछ। स्वास्थ्यमा सुधार हुन सक्ला।
धनु राशि
शुक्रका कारण धनु राशि हुनेहरुको जीवनमा उत्साह थपिनेछ। परिवारमा रहेका मतभेद देखि छुटकारा मिल्नेछ। कार्यक्षेत्रका वाधा-अड्चन पनि क्रमिक रुपमा हरेर जानेछन्। प्रेम जीवन पनि सोचेजस्तै रहला। धेरै समय देखि भेट नभएका व्यक्तिसँग भेट हुन सक्ने देखिन्छ।
मीन राशि
शुक्रको राशि परिवर्तन आर्थिक रुपमा धेरै नै लाभप्रद रहनेछ। घर-जग्गा किन्नको लागि समय शुभ रहनेछ। मेहेनत अनुसार फल मिल्द जाँगर बढेर जानेछ। यधपी प्रेम जिवनमा भने अनावश्यक समस्याहरु खडा होलान्। झुठा आरोप पनि लाग्न सक्ला।