एजेन्सी – शुक्रबार सकिएर शनिबार लागेलगतै शुक्रले राशि परिवर्तन गरेको छ। मध्यराति १२ बजेर २८ मिनेट जाँदा शुक्र मिथुन राशिमा प्रवेश गरेको हो । मिथुन राशिमा यस अगाडी देखि नै बुध र मंगल ग्रह थिए । शुक्रको राशि परिवर्तन सँगै मंगल र बुधसँग शुक्रको भेट भएको छ। यस्तो हुँदा भनेको त्रिग्रही योगले सम्पूर्ण राशि हुनेहरुलाई प्रभाव पार्नेछ।
त्रिग्रही योगको सबै भन्दा कुन-कुन राशिलाई अशुभ ?
कर्कट राशि
तीन ग्रहको भेट हुँदा कर्कट राशि हुनेहरुको खर्च बढ्ने देखिन्छ। विलासिताका वस्तुमा खर्च बढ्दा आर्थिक समस्या आइपर्न सक्ला। अनावश्यक वाद-विवाद हुनेछ। झुठा आरोप लाग्न सक्ने हुँदा सतर्क रहनु होला। आँखा सम्बन्धि समस्याले सताउनेछ। खान-पानमा पनि विशेष ध्यान आवश्यक रहला। सकेसम्म प्रतिष्पर्धाहरुमा भाग नलिनु होला। प्रेम जीवनमा पनि समस्या आइपर्ने देखिन्छ।
वृश्चिक राशि
त्रिग्रही योग वृश्चिक राशि हुनेहरुका लागि धेरै नै अशुभ सावित हुनेछ। पाइला-पाइलामा समस्या उत्पन्न हुनेछन्। यात्रा बेकार जानेछ। बोलिको गलत अर्थ लाग्दा लज्जित हुनुपर्नेछ। आर्थिक रुपमा पानि समस्या बढ्ने देखिन्छ। सकेसम्म नयाँ कार्यमा लगानी नगरेकै उचित रहला। षड्यन्त्रमा फस्न सकिने हुँदा सतर्क रहनु होला।
मकर राशि
तीन ग्रह एक साथ हुँदा मकर राशि हुनेहरुलाई सबै भन्दा बढी आर्थिक रुपमा समस्या हुने देखिन्छ। खर्च माथि खर्च बढ्नेछ। गरिएका सबै लगानी बेकार हुनेछन्। परिवारकै पनि साथ मिल्नेछैन। सामाजिक रुपमा पनि लज्जित हुनुपर्ने अवस्था रहला। कानुनी रुपमा पनि समस्या आइपर्न सक्ने देखिन्छ। स्वास्थ्य प्रति सावधान रहनुहोस्।