ओलीलाई प्रियंकाको च्यालेन्ज – ‘पहिला भोट पाउने काम त गर्नुस्’

काठमाडौँ – नायिका प्रियंका कार्कीले चुनावमा जानु भन्दा अगाडी जनताको मत पाउने काम गर्न सरकारलाई सुझाव दिएकी छन्। शनिबार सामाजिक सन्जालमा एक स्ट्याटस लेख्दै निर्वाचनमा जानु अगाडी जनताको मत पाउनलायक काम गर्न सरकारलाई सुझाव दिएकी हुन्।

हालको अवस्थामा देश र जनतालाई चुनाव नचाहिएको प्रियंकाले बताएकी छन्। कोरोना भाइरस संक्रमणको महामारीमा निर्वाचन प्राथमिकतामा नपर्ने प्रियंकाको भनाई छ।

“आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र वुझ्न नसक्ने ? देश हाक्ने शक्ती, देशलाई प्रगती र उन्नतीको मार्गमा लाने र इमान्दारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ?”,प्रियंकाले फेसबुकमा लेखेकी छन्।

दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेको, अस्पतालमा बेड नभएको, भेन्टिलेटर नभएको, अक्सिजन नभएको, जनताले खोप नपाएको अवस्थामा ४० अरब खर्च गरेर चुनाव गर्न लागिएको प्रति पनि प्रियंकाले प्रश्न गरेकी छन्।

प्रियंकाले लेखेकी छन्,”चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि! चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।”

प्रकाशित : शनिबार, जेठ १५, २०७८१३:१९

‘सिल’अवधि लम्ब्याउँदै स्थानीय तह