पोचेटिनोले पिएसजी छाड्ने चर्चा !

एजेन्सी – इंग्लिस क्लब टोटनहम हट्सपरले पूर्व प्रशिक्षक माउरिसयो पोचेटिनोलाई फर्काउने प्रयास थालेको बताइएको छ । बर्खास्त गरेको १८ महिनापछि प्रिमियर टोली पूर्व प्रशिक्षकलाई फर्काउन चाहिरहेको बताएको छ ।

स्पर्सले अर्जेन्टिनी प्रशिक्षक पोचोटिनोलाई त्यति बेला बर्खास्त गर्नु सहि निर्णय नभएको मनन गरेको देखिन्छ । उनलाई बर्खास्त गरेपछि पनि टोलीले त्यस्तो खासै उपलब्धि हासिल गर्न सकेन । ५ वर्ष प्रशिक्षक रहँदा पोचेटिनोले टोटेनहमलाई इङ्ल्यान्ड र युरोपका प्रतियोगितामा चुनौती पेश गर्न सफल भएको थियो ।

सन् २०१९ मा स्पर्सले प्रिमियर लिगको दौडमा लेस्टर सिटी र चेल्सीलाई कडा चुनौती दिएको थियो । त्यस्तै उनकै नेतृत्वमा टोली पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो । २०१९-२० को सिजनको सुरुवात निराशाजनक रुपमा भएपछि टोटेनहमले पोचेटिनोलाई बर्खास्त गर्दै जोसे माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

मोउरिन्हो पनि बर्खास्तमा परेर रोमाको प्रशिक्षक नियुक्त भइसकेको छन् । पोचेटिनोले भने पेरिस सेन्ट जर्मेन (पिएसजी) को कमान सम्हालिरहेका छन् । पिएसजीसँग उनको सम्झौता २०२२ सम्म रहेको छ । पिएसजी यसपटक च्याम्पियन्स लिगको फाइनल पुग्न र लिग वान उपाधि जित्न असफल भएको छ । जसले उनीको भविष्यमा पनि प्रश्न खडा भएको छ । यद्दपी उनले जनवरीमा मात्रै पिएसजी पुगेका थिए ।

मोउरिन्होको प्रस्थानपछि रायन मेसनले अहिले स्पर्सको कार्यवहाक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । अब नयाँ सिजनका लागि फेरि पोचेटिनो फर्काउने प्रयासमा लाग्ने देखिएको छ । इस्पान्योल र साउथह्याम्टनका पूर्व प्रशिक्षक समेत रहेका पोचेटिनो टोटनेहमका समर्थकबीच लोकप्रिय मानिन्छन् । जसले पनि उनलाई फर्काउनमा टोली लागेको अनुमान गरिएको छ ।

पोचेटिनो आउँदा केन बस्लान ?

ह्यारी केनले टोटेनहम छोड्न चोहेको विषय अब नयाँ रहेन । अर्को सिजन पनि उपाधि विहान भएपछि केनले क्लब छाड्न चाहेका हुन् । अर्को सिजनका लागि यूइएफए कन्फ्रेन्स लिगका लागि छनोट हुन बल्ल तल्ला सफल भएको थियो । जसले टोलीलाई थोरै भएपनि क्लबमा रहन वहाना हुन सक्छ ।

यदि पोचेटिनो फर्केको खर्चमा भने उनले टोली नछाड्ने आशा गरिएको छ । टोटेनहममा खेलेर नै केनले आफ्नो खेल जीवनलाई सफलतातर्फ अघि बढाएका थिए । दुवैको व्यक्तिगत सम्बन्ध पनि सुदृढ रहेको छ ।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१३:३६

नेपाल भर्सेस इराक: कहाँ हेर्ने लाइभ ?