नेपाल भर्सेस इराक: कहाँ हेर्ने लाइभ ?

काठमाडौँ – नेपाल र इराक बीचको मैत्रीपूर्ण फुटबल खेल आज(शनिबार) राति हुँदैछ। खेल नेपाली समय अनुसार १०:१५ बाट शुरु हुने भएको हो।

इराकको अलफाया रंगशालामा हुने खेलको प्रतक्ष प्रशारण कतारी स्पोर्ट्स च्यानलले गर्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। खेलको प्रतक्ष प्रशारण कतारी स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ।

करिब २० वर्षपछि इराकसँग फुटबल खेल खेल्न लागेको नेपाली टोली मंगलबार राति इराक प्रस्थान गरेको थियो। नव नियुक्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा पहिलो पटक अन्तराष्ट्र्य भूमिका खेल खेल्न लागेको नेपाली टोलीमा थुप्रै नयाँ अनुहार रहेका छन्। नेपाल र इराक बीच पछिल्लो भेट सन् २००१ मा भएको थियो। उक्त खेलमा इराकले नेपाल माथि ४-२ को शानदार जीत निकालेको थियो।

विश्वकप तथा एसिया कप छनौटको तयारीका रहेको नेपाली टोलीले यसलाई उक्त खेलको अभ्यासको रूपमा लिएको छ। इराकसँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली विश्वकप तथा एसिया कप छनौटका तीन खेल खेल्नको लागि कुवेत प्रस्थान गर्नेछ। कुवेतमा जुन ३ मा नेपालले पहिलो खेल चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ४ दिनपछि जोर्डनको सामना गर्नेछ। त्यस्तै, ११ जुनमा अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ।

पहिलो चरणका ५ खेलमा ४ हार र एक जीत निकालेको नेपाल ३ अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ। १२ अंकका साथ अस्ट्रेलिया पहिलो स्थानमा छ भने जोर्डन र कुवेतको समान १०-१० अंक रहेको छ। त्यस्तै, चाइनिज ताइपेइले भने अहिलेसम्म खाता खोल्न सकेको छैन।

२३ सदसिय नेपाली टोली यस प्रकार छ:-

किरण कुमार लिम्बु, दीप कार्की, बिशाल सुनार, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, बिशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन विष्ट, मानिस डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुस घलान, सुरज जेउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंसी र विकास खवास ।

आज हुने खेलको प्रतक्ष प्रशारण यहाँ( https://www.youtube.com/c/imnsport/videos  )गएर हेर्न सकिने छ ।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१४:०४

WATCH NEPAL VS IRAQ LIVE NOW