सरकारी कर्मचारीको तलब बढ्यो ! कति ?

काठमाडौँ – सरकारले कर्मचारीको तलब वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । पौडेलले शनिबार फरेको घोषणा अनुसार राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको छ।

३३ प्रतिशले बढ्यो सामाजिक सुरक्षा भत्ता

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन् ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो । सरकारले भत्ता वृद्धि गर्ने निर्णय गरेसंगै सामाजिक सुरक्षा भत्ता ४ हजार पुगेको छ।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१८:३१

दैनिक घट्दै कोरोना संक्रमितको सङ्ख्या, निको हुनेको सङ्ख्या उच्च !