दैनिक घट्दै कोरोना संक्रमितको सङ्ख्या, निको हुनेको सङ्ख्या उच्च !

शनिबार थप ४ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । थप १४ हजार ६ जनाको पिसिआर परीक्षण तथा ७४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ४ हजार ३११ तथा एन्टिजेनबाट १७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ३१ हजार ३८३ जना पुगेको छ । हाल ८९१ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म ४ लाख ३४ हजार ७५० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख ११ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ११६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ७ हजार १६३ पुगेको छ।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१९:०५

अब अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने ! कहिलेबाट ?