केहि रिपोर्टसका अनुसार म्यानचेस्टर सिटी दिग्गज सर्जियो अगुएरो मेस्सी बार्सिलोनामा रहेको खण्डमा मात्र क्याटालान क्लबसँग अनुबन्धित हुने भएका छन्। अर्जेन्टिनी स्ट्राइकर अगुएरोले मेस्सी बार्सिलोनामा बस्ने पक्का नभएसम्म बार्सासँग औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर नगर्ने भएका हुन्।

म्यानचेस्टर सिटी स्टारले च्याम्पियन्स लिग फाइनलपछि बार्सिलोनासँग अनुबन्ध हुनको लागि मेडिकल टेस्टमा जाने बताइएको थियो। तर यस ट्रान्सफरले फेरी एक नयाँ मोड लिएको छ। मुन्डो डिपोर्टिभोका अनुसार ३३ वर्षीय स्ट्राइकर बार्सिलोनासँग अनुबन्ध हुनु अघि क्लबमा मेस्सीको भविष्य बारे स्पष्ट हुन चाहन्छन्।

हाल अर्जेन्टिनी राष्ट्रिय टोलीका साथ जोडिएका मेस्सीले बार्सिलोनामा आफ्नो भविष्यको बारेमा भने अझै पनि केहि बोलेका छैनन्। तर थुप्रै रेपर्ट्सका अनुसार ६ पटकका ब्यालुन डी ओर विजेताले बार्सिलोनामा नै बस्ने निर्णय गरोसकेका छन्। गत वर्ष क्लब छाड्ने निर्णयका साथ अर्जेन्टिनी कप्तानले पूरा फुटबल जगतलाई चकित पारेका थिए।

तर हाल भने क्लबका अध्यक्ष जोआन लापोर्टासँग राम्रो सम्बन्ध रहेका मेस्सी क्लबको युवा खेलाडी र प्रोजेक्टसँग निकै खुसी रहेको बताइन्छ। शुक्रबारको प्रेस सम्मेलनमा अध्यक्ष लापोर्टाले मेस्सीको सम्झौता नवीकरण गर्ने बारे कुरा अगाडी बढिरहेको बताएका थिए। मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेको खण्डमा पीएसजी र म्यानचेस्टर सिटी उनलाई क्लबमा भित्र्याउले दाउमा रहेका छन्।

त्यस्तै, सिटीबाट फ्री-एजेन्टका रूपमा क्लब छाड्ने घोषणा गरिसकेका अगुएरोलाई भित्र्याउनका लागि पनि बार्सिलोना बाहेक युभेन्टस जस्ता क्लबले चासो देखाएका छन्। तर मेस्सी बार्सिलोनामा नै बस्ने सम्भावना उच्च रहेकोले अगुएरो पनि बार्सिलोनासँग अनुबन्ध हुने मात्र समयको कुरा रहेको थुप्रै रिपोर्टसले जनाएका छन्।

