चेल्सीले जित्यो यो पटकको च्याम्पियन्स लिग, फाइनलमा सिटी पराजित !

चेल्सीले यस पटकको च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको छ। पोर्चुगलको ड्रागाओ स्टेडियममा भएको फाइनल खेलम म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी चेल्सीले २०१२ पछि पहिलो पटक च्याम्पियन्स लिग जितेको हो।

खेलको ४२ औं मिनेटमा चेल्सीका काइ हाभट्जले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। मेसन माउन्टको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हाभट्जले चेल्सीको जर्सीमा पहिलो च्याम्पियन्स लिग गोल गरेका थिए । जर्मनको उक्त गोल नै खेलमा निर्णयका  बनेपछि पहिलो पटक फाइनलमा पुगेको सिटीलाई पराजित गर्दै चेल्सी उपाधि जित्न सफल भएको हो ।

सेमी-फाइनलमा सिटीले फ्रेन्च महारथी पीएसजीलाई समग्रमा ४-१ को जीत निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, चेल्सीले भने प्रतियोगिताको १३ पटकको च्याम्पियन रियल म्याड्रिडलाई समग्रमा ३-१ गोल अन्तरले हराउँदै सिटीसँगको भेट पक्का गरेको थियो।

पेप ग्वार्डीओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटी क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको थियो। त्यस्तै, मिड-सिजनमा थोमस टुचेललाई प्रशिक्षकको रूपमा नियुक्त गरेको चेल्सीको भने यो तेस्रो फाइनल रहेको थियो। २००७-०८ सिजनमा पहिलो पटक फाइनल प्रवेश गरेको चेल्सी म्यान्चेस्टर युनाइटेडसँग पराजित भएको थियो भने २०११-१२ सिजनमा फाइनलमा बार्यन म्युनिखलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।

चेल्सीले पहिलो हाफको ३९ औं मिनेटमा अनुभवी डिफेन्डर थियागो सिल्भालाई चोटका कारण गुमाएको थियो तर त्यसको केहि समयमा नै खेलमा अग्रता लिन सफल भएको चेल्सीले सिटीको आग्रमण पङ्क्तिलाई पूरा ९० मिनेट शान्त राखेको थियो। सिटीका कप्तान केभिन डी ब्रुएन पनि दोस्रो हाफको १५ औं मिनेटमा चोटका कारण मैदान छाड्न बाध्य भएपछि सिटीको संकट अझ बढेको थियो।

प्रकाशित : आइतबार, जेठ १६, २०७८०९:३६

मेस्सी बार्सिलोनामा नबसे अगुएरो पनि नआउने, मेस्सीको हातमा सिटी स्टारको भविष्य !