अर्को सिजन च्याम्पियन्स लिगमा एसी मिलानको सामना गर्न तयार हुन मेस्सीलाई चुनौती !

एसी मिलान आउँदो संस्करणको च्याम्पियन्स लिगमा ७ वर्षको लामो अन्तरालपछि सहभागिता जनाउँदै छ। आउने सिजन मिलानको लागि निकै रोमान्चक रहनेछ, युरोपका बेस्ट क्लब र विश्वकै सर्वोत्कृष्ट खेलाडीको सामना गर्नेछ।

यस सिजन सेरी-ए मा च्याम्पियन इन्टर मिलानपछि दोस्रो स्थानमा रहेको रोसोनेरीले कठिन खेल तथा परिस्थितिमा पनि निकै राम्रो एटिट्युड देखाउँदै सात वर्षपछि च्याम्पियन्स लिगमा आफ्नो पुनरागमन पक्का गरेको हो। कठिन स्थितिमा टोलीको मानसिक स्थिति अन्तिम खेलमा एटालान्टा विरुद्धको जीतमा पनि प्रष्ट देख्न सकिन्थ्यो।

यस्तोमा, मिलानका डिफेन्डर डेभिडे कालाब्रियाले स्पोर्ट विकसँग कुरा गर्दै क्लबको सिजन र च्याम्पियन्स लिगको बारेमा बताएका छन्। उनले एसी मिलानको अर्को सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनासँग अमना-सामना होस् भन्ने इच्छा रहेको बताए। “जति पनि कठिन परिस्थिति आए हामीले त्यसको सामना गरेका छौं। म निश्चित थिएँ कि हामी च्याम्पियन्स लिगमा छनौट हुन सफल हुनेछौं,” उनले भने,”लियोनल मेस्सीको सामना गर्ने चाहना रहेको छ। मेरो बिचारमा उनी जस्तो खेलाडी कोहि पनि छैन। पुराना दिनहरुमा जस्तो एसी मिलान-बार्सिलोना बीचको खेलमा मेस्सीको विरुद्ध खेल्न मज्जा आउनेछ।”

तर अहिलेको समयमा भने अर्को सिजनको च्याम्पियन्स लिगको समूह चरणमा मिलानले कसको सामना गर्नेछ भन्ने कुरा देख्न बाँकी छ। र उनीहरु समूह चरण पार गर्दै नक-आउट स्टेजमा प्रवेश गर्नेछन् वा छैनन् भन्ने कुरा रहेको छ। तर एक फुटबल प्रशंसकको हिसाबले एसी मिलानलाई च्याम्पियन्स लिगमा देख्न पाउँदा सबैको मन भने पक्कै रमाउनेछ।

प्रकाशित : आइतबार, जेठ १६, २०७८१२:१२

“नेपाली हौँ कहिल्यै हार मान्दैनौं, धर्य राख्नुस्, जितेर देखाउँछौं”