बजेट भाषणप्रति वर्षाको झटारो, “नेतालाई पढाउन पनि बजेट छुट्टयाउनु पर्ने नि !”

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी । ‘नाइ नभन्नु ल २’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला राखेकी हुन्। ‘पशुपति प्रसाद’ , ‘लप्पन छप्पन’ जस्ता सुपरहिट नेपाली चलचित्रमा काम गरिसकेकी उनी प्राय: जसो कुनै न कुनै विषयमा चर्चामा रहने गर्छिन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनी अहिले उनको एक फेसबुक पोस्टका कारण चर्चामा आएकी छिन्।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरवारमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ बजेटलाई लिएर आफ्नो धारणा राख्दै उनले फेसबुकमा गरेको पोस्टले अहिले थुप्रै मानिसको ध्यानाकर्षण गरेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारका निकायलाई व्यंग्य गर्दै बजेट सधैं राम्रो र आनन्द लाग्ने आउने तर बजेट भाषण सकिए लगत्तै उनीहरु एक अर्कालाई सत्तोसराप शुरु गर्ने बताएकी छिन्।

सधैं झै यो पटकको बजेट पनि निकै राम्रो र कर्णप्रिय भएको तर यसपछि सबै म मिलेर के गर्छन् भन्ने सबै जनतालाई थाहा भएको र उनीहरुको त्यस्तो हर्कतले नेपाली जनता दिक्क भइसकेको पनि उनी लेख्छिन्। तर यो कुरा देशका नेताले कहिल्यै नबुझ्ने भएकोले उनीहरुलाई पढाउने र बुझाउनको लागि पनि बजेट विनियोजन गरेको भए राम्रो हुने भन्दै उनले व्यंग्य हानेकी छिन्।

उनले आफ्नो फेसबुक पोस्टमा लेख्छिन्,”बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ, तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !”

प्रकाशित : आइतबार, जेठ १६, २०७८१४:४६

सलमानले डेब्यु गराएकी जरिनलाई जब निर्देशकले किसिङ सीनको अभ्यास गरौं भने …