“मेस्सी जसरी पनि यो पटकको कोपा अमेरिका जित्न चाहन्छन्, उनीमा जस्तो जीतको भोक कसैमा छैन”

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अबको केहि महिनामै ३४ वर्षको हुनेछन्। उनी आफ्नो निकै उत्कृष्ट करियरको अन्त्यतिर छन्। फुटबल इतिहासकै सर्वोत्कृष्ट मध्ये एक मानिने मेस्सीको निकै सफल करियरमा केहिको कमी छ भने त्यो हो अन्तराष्ट्रिय उपाधिको।

३३ वर्षीय स्ट्राइकरको कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप र २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पुगेको थियो भने २००८ मा कोपा अमेरिकाको फाइनलमा पुगेको टोलीमा पनि उनी थिए। तर चार पटकनै फाइनलमा पराजित हुन पुगेको अर्जेन्टिनाको साथमा मेस्सी अहिलेसम्म पनि उपाधि बिहिन रहेका छन्। अहिले २०२१ कोपा अमेरिका नजिकिँदै गर्दा फेरी एकपटक मेस्सी र अन्तराष्ट्रिय उपाधिको चर्चा सुरु भएको छ।

साउथ अमेरिकाकै सबैभन्दा ठूलो प्रतियोगिता अघि प्रतियोगिताको प्रमुख दाबेदार मध्ये एक मानिएको अर्जेन्टिना राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले डाएरियो स्पोर्ट्स मार्फत ओलेसँग कुरा गर्दै उनको सम्भवत अन्तिम कोपा अमेरिकामा सहभागी हुनु अघि मेस्सीको मानसिकताको बारेमा बोलेका छन्।

उनले भने,”मेस्सीको रगत सबैभन्दा तातो छ, उनीमा सबैभन्दा धेरै जित्ने भोक छ। उनी ठूलो भन्दा ठूलो खेलमा पनि तुरुन्त आफ्नो प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनी जस्ता व्यक्ति हुन् र जस्तो फुटबल खेल्छन्, जस्तो प्रदर्शन गर्छन्, त्यो साँच्चै नै अचम्म लाग्दो छ।”

१२ जुनबाट सुरु हुने आउँदो संस्करणमा मेस्सी अर्जेन्टिनाका साथ चौंथो पटक फाइनलमा पुग्ने प्रयास हुनेछन् तर यो पटक उनी अझ एक स्टेप अगाडी बढेर उक्त कप उचाल्ले प्रयन्तमा हुनेछन्। यसअघिका तीन फाइनलमा एक पटक र २ पटक चिल्लीसँग पराजित भएका मेस्सीलाई घरेलु मैदानको थप दबाबका साथै फाइदा पनि हुनेछ।

प्रकाशित : आइतबार, जेठ १६, २०७८१५:५६

“एम्बाप्पे रियल म्याड्रिडका लागि पर्फेक्ट खेलाडी हुन्, उनमा सबै गुण छन्”