काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यस दिन १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १ हजार ७८४ जनाको एन्टीजिन परिक्षण गर्दा कुल ४ हजार ३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ५७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १०९ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ७ हजार २७२ पुगेको छ ।
यस दिन मुलुकभर ६ हजार २०५ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ लाख ४० हजार ९५५ पुगेको छ। अहिले नेपालमा १ लाख ८ हजार ८९७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा ८०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १७६ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन्।

