काठमाडौं – जनत समाजवादएे पर्ती(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मान्छे तानातान र किनबेचको तमासा नगर्न आग्रह गरेका छन्। जसपा फुटको संघारमा रहेका बेला भट्टराईले सामाजिक संजाल मार्फत मान्छे तानातान र किनबेचको तमासा नगर्न आग्रह गरेका हुन्।
ट्वीट गर्दे भट्टराईले हालको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति रहेको बताए। समयले नयाँ ध्रुवीकरण खोजे भट्टराईको भनाई छ। ट्वीट गर्दे भट्टराईले भनेका छन्,”अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो”
समयले नयाँ ध्रुवीकरण खोजेको हुँदा भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिनुपर्ने भन्दै भट्टराईले हात मिलाएर आआफ्नो बाटो कुनै न कुनै बेला भेट हुने पनि बताएका छन्।
“नयॉ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ। अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !”,ट्वीटर मार्फत भट्टराईले भनेका छन्।
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!
— Baburam Bhattarai (@brb1954) May 30, 2021

