घट्दै कोरोना संक्रमित, निको हुने बढ्दै !

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ ।

बार                  संक्रमित         संक्रमणमुक्त            परीक्षण
सोमबार              ७४२५            ७१३५                  २०४५३
मंगलबार            ८६३६             ६४०४                  २२९३६
बुधबार               ६७१४            ६७१६                  १९३५२
बिहीबार              ६९३९            ७२२६                 २०९९२
शुक्रबार              ६९५१            ९८४१                २०११०
शनिबार             ४४८७            ६०८०                १४७५२
आइतबार           ४३६९            ६२०५               १२७७०
पछिल्लो एक साता यता देशभरको संक्रमणदर   

गत सोमबारदेखि हिजो (आइतबार) सम्म १ लाख ३१ हजार ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा ४९ हजार ६ सय सात जना संक्रमणमुक्त भएका छन् । यस्तै, मृतक संख्या पनि दैनिक घट्दो क्रममा रहेको छ । आइतबार १ सय ९ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, देशभर १ हजार ५ सय ४५ आईसीयू र ४ सय ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत प्रदेश १ मा २ सय ३७ आईसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १ सय ४४ आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २० आईसीयू र २ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय ६६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १ सय ८३ जना आईसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रकाशित : सोमबार, जेठ १७, २०७८०९:३०

चुनाव हुनेमा ओलीलाई नै शंका, बजे व्यवस्था गरिएन !