“एम्बाप्पे रियल म्याड्रिडका लागि पर्फेक्ट खेलाडी हुन्, उनमा सबै गुण छन्”

सन् २०१५ पछि पहिलो पटक युरो २०२० को लागि फ्रान्सको राष्ट्रिय टोलीमा पर्न सफल भएका रियल म्याड्रिड स्ट्राइकर करिम बेन्जेमाले पीएसजी स्टार किलियन एम्बाप्पे आफ्नो क्लब म्याड्रिडको लागि पर्फेक्ट खेलाडी भएको बताएका छन्। २००९ देखि स्पेनिस क्यापिटलमा रहेका बेन्जेमाको आशा रहेको छ कि उनका फ्रेन्च टिममेट छिटै रियलमा पनि टिममेट हुनेछन्।

विश्वकप विजेता एम्बप्पेको नाम लामो समय देखि रियल म्याड्रिडसँग जोडिदै आएको छ। यसअघि स्वयम् एम्बाप्पेले पनि स्वीकार गरेका थिए कि रियल म्याड्रिडको जर्सीमा खेल्नु उनको लक्ष्य रहेको छ। एम्बप्पे रियलसँग अनुबन्ध हुलान् त भन्ने प्रश्नमा बेन्जेमाले एम ६ लाई भने,”एम्बप्पे रियलमा ? हेरम् के हुन्छ, तर उनलाई क्लबमा स्वागत छ। उनी सबै त्यस्ता गुण र क्षमता छन् जुन रियल म्याड्रिडमा खेल्नको लागि हुनुपर्छ।”

यी दुई स्टार अहिलेसम्म कुनै टोलीको लागि एकसाथ खेलेका छैनन्। २०१५ देखि बेन्जेमालाई राष्ट्रिय टोलीमा नबोलाईएको कारण नै यी दुई एकसाथ खेलेको हेर्ने फ्यान्सको सपना पूरा हुन समय लागेको थियो। तर अन्ततः युरो २०२० मा यी दुई एकसाथ फ्रान्सको जर्सीमा उत्रिनेछन्। पूर्व लियोन स्ट्राइकरसँग खेल्न पाउँदाको उत्साह २२ वर्षीय युवा स्टार किलियनले यसअघि नै सामाजिक सञ्जालमा एक पोस्ट मार्फत व्यक्त गरिसकेका छन्।

पीएसजीसँग एम्बाप्पेको सम्झौता २०२२ को समरबाट अन्त्य हुँदैछ र क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न एम्बाप्पेले कुनै चासो देखाएको बुझिंदैन। जसको कारण पनि पीएसजीले उनलाई यहि समरमा ट्रान्सफर मार्केटमा राख्न सक्छ किनकि अर्को समरमा उसले आफ्नो सुपरस्टार खेलाडी फ्रीमा गुमाउन चाहँदैन।

थुप्रै क्लबको नाम एम्बाप्पेसँग जोडिएको भएता पनि रियल म्याड्रिडले लामो समय देखि उनलाई क्लबमा भित्र्याउनका लागि प्रयास गरिरहेको छ। क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज एम्बाप्पेका निकै ठूला फ्यान पनि हुन् र एम्बाप्पेको लक्ष्य पनि रियलको जर्सीमा खेल्ने रहेको छ। यस्तोमा, के एम्बाप्पे रियल जालान् त ?

प्रकाशित : सोमबार, जेठ १७, २०७८०९:४२

जिदानको प्रशंसा गरेर थाकेनन् बेन्जेमा, तर निराश व्यक्त गरे !