काठमाडौँ – आइतबार घटेको सुनको मूल्य सोमबार बढेको छ। नेपाली बजारमा आज सुनको मूल्य बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ।
आज तेजाबी सुनको मूल्य पनि आज २ सय रुपैंयाँले नै बढेको छ। आइतबार ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ७ सयमा अकरोबार भैरहेको छ।
यस अगाडी सुनको मूल्य नेपाली बजारमा दुई दिन लगातार बढेको थियो। सुनको मूल्य शुक्रबार ४ सय रुपैंयाँ र आइतबार २ सय रुपैंयाँले घटेको थियो।
चाँदीको मूल्य
आज सुनको मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु ५ ले बढेर १३ सय ६० रुपैंयाँ पुगेको छ।

