जिदानको प्रशंसा गरेर थाकेनन् बेन्जेमा, तर निराश व्यक्त गरे !

एजेन्सी – रियल म्याड्रिका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने पक्का भइसकेको छ। सिजनको अन्त्य भएसँगै जिदानले रियल छाड्ने घोषणा गरेका हुन्। रियलबाट जिदानको बहिर्गमनलाई लिएर विभिन्न प्रकारका टिका-टिप्पणी भैरहेका छ।

जिदानले क्लब छाड्ने लागेका बारे रियल म्याड्रिडका खेलाडी करिम बेन्जेमा पनि बोलेका छन्। बेन्जेमाले जिदानले क्लब छाड्न लागेको प्रति दुख व्यक्त गरेका छन्। जिदानको उक्त निर्णयले आफूलाई निराश बनाएको उनको भनाई छ।

शनिबार एक पत्रकार सम्मेलनका क्रममा बेन्जेमाले जिदानकै कारण आफूले उच्च प्रदर्शन गर्न सकेको मात्र बताएनन्, जिदानका कारण आफूमा धेरै परिवर्तन आएको पनि बताए। अहिलेको स्तरमा आफू जिदानकै कारण पुग्न सकेको उनको भनाई छ।

“मैले सधैं जिदानको साथ पाएँ। उनकै कारण ममा धेरै परिवर्तन आयो। मेरा पछाडी जिदान भएकै कारण म यो तहसम्म आइपुगेको छु।”,बेन्जेमाले भने।

जिदान प्रति आफू हरेक दिन कृतज्ञ हुने पनि बेन्जेमाले बताए। उनले भने,”म उनी प्रतिक हरेक दिन कृतज्ञ हुनेछु, हरेक दिन धन्यवाद दिनेछु। तर पक्कै पनि उनकोए बहिर्गमनलाई लिएर निराश छु, किनकी उनी एक उत्कृष्ट प्रशिक्षक हुन् र उनले ट्रफीहरू जितेका छन्।”

जिदान मानवको रुपमा उत्तम मानव रहेको बेन्जेमाले बताए। बेन्माले जिदानलाई ‘पर्फेक्ट म्यान’को संज्ञा दिए। जिदान प्रशिक्षको रुपमा मात्र नभई एक व्यक्तिको रुपमा पनि धेरै राम्रो रहेको बेन्जेमाको भनाई छ।

प्रकाशित : सोमबार, जेठ १७, २०७८११:२२

च्याम्पियन्स लिग फाइनलमा प्रमणित भयो कि ‘कान्ते’ जस्तो इमानदार खेलाडी अरु कोहि पनि छैन [भिडियो सहित]