एजेन्सी – जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने निर्णय गरेको बारे स्पष्ट पारेका छन्। स्पेनबाट प्रकाशित हुने एक पत्रिका मार्फत आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दे जिदानले म्याड्रिड छाड्ने निर्णय सम्म पुग्नु पछाडीका कारण बारे स्पष्ट पारेका हुन्।
स्पेनी प्रकाशन एएसले जिदानको खुला पत्र प्रकाशित गरेको छ। त्यसपत्रमा जिदानले विभिन्न पक्षहरुलाई स्पष्ट पारेका छन्। क्लबले आफूलाई विश्वास गर्न छाडेका कारण आफूले रियल छाड्नु परेको जिदानको भनाई छ।
क्लब र आफ्ना योजनाहरु मेल नखाएको जिदानले उक्त पत्र मार्फत संकेत गरेका छन्। साथै उनले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजबाट सोचेजस्तो सहयोग प्राप्त नभएको तर्फ पनि इंकित गरेका छन्।
पत्रमा जिदानले स्पष्टसँग दिर्घकालिन योजना नबनाएको र दिर्घकालिन योजना बनाउँदा क्लबले सहयोग नगरेको उल्लेख गरेका छन्। क्लब बोर्डबाट आफूलाई असहयोग भएको जिदानको भनाई छ।
पत्रमा जिदानले लेखेका छन्,”म जाँदैछु किनभने मलाई चाहिएजति क्लबले विश्वास नगरेको भन्ने लाग्छ। मध्यम तथा दिर्घकालिन योजना बनाउने कुरामा पनि मलाई सहयोग भयो जस्ती लाग्छ”
जिदान पत्रमा थप लेख्छन्,”हामी मिलेर क्लबका लागि जे हाँसिल गर्यौं, त्यसका लागि केहि सम्मानको आशा म राख्छु। क्लब र क्लबका अध्यक्षसँग मेरो सम्बन्ध अरु केही प्रशिक्षकहरु भन्दा अलि फरक होस् भन्ने चाहन्छु। तर, पछिल्ला महिनाहरुमा त्यस्तो हुन सकेन।”
जडानले रियलका खेलाडीहरुको पनि खुलेर प्रशंसा गरेका छन्। गार्हो भन्दा गार्हो अवस्थामा आफूलाई रियल म्याड्रिडहरुका खेलाडीहरुले साथ दिएको जिदानको भनाई छ। त्यस्तै जिदानले रियल छाडेपनि प्रशिक्षणको कम नछाड्ने स्पष्ट पारेका छन्। आफू कुनै न कुनै रुपमा फुटबलसँग जोडिने जिदानको प्रतिवद्धता छ।
“प्रिय रियल म्याड्रिड प्रशंसकहरुबाट २० बर्ष भन्दा बढी समय अगाडी म्याड्रिड पुगे देखि, सेतो जर्सी लगाएदेखि मलाई प्रेम मिल्यो। त्यहि भएर मैले क्लब छाड्नुका कारणहरु प्रष्ट पार्नुपर्ने ठानेर यो पत्र लेखें”,जिदानले पत्र मार्फत भनेका छन्,”म गइरहेको छु, तर प्रशिक्षणबाट भने भाग्ने छैन।”

