च्याम्पियन्स लिग फाइनलमा प्रमणित भयो कि ‘कान्ते’ जस्तो इमानदार खेलाडी अरु कोहि पनि छैन [भिडियो सहित]

चेल्सीका मिडफिल्डर एन्गोलो कान्तेले च्याम्पियन्स लिग फाइनलको अन्तिम समय चलिरहँदा पनि समय बर्बाद गर्न स्वीकार गरेका थिए जसले थप प्रमाणित गर्छ कि उनी फुटबल प्रति कति इमानदार छन् भनेर। शनिबार म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी युरोपको नयाँ राजा बन्न सफल भयो र खेलका ‘म्यान अफ द म्याच’ रहे एन्गोलो कान्ते।

मिडफिल्डमा रहेर विपक्षीलाई हरेक तरिकाले विफल पारेका कान्तेले उक्त खेलमा यो पनि प्रमाणित गरे कि उनी खेल प्रति कति इमानदार छन् भनेर। धेरै जसो खेलाडी च्याम्पियन्स लिगको फाइनल जस्तो महत्वपूर्ण खेलमा आफ्नो टोलीले अग्रता लिएको समयमा आफू माथि फल गरे भने समय बर्बाद गर्नको लागि पनि मैदानमा लडीरहन्छन्, तर ती धेरै जसो खेलाडीमा कान्ते पर्दैनन्।

विश्वकप विजेता कान्ते आफू माथि फल भएपछि पनि मुहारमा मीठो मुस्कानका साथ तुरुन्त उठेका थिए। सायद चेल्सीका उनका टिममेट उनले समय बर्बाद गरुन् भन्ने चाहन्थे तर उनी एन्गोलो कान्ते परे, जसको शरीरमा सायद नकारात्मक चीज केहि पनि छैन। हाल उनको यहि भिडियोले सामाजिक सञ्जालमा खुब चर्चा पाएको छ। फुटबल प्रशंसकहरु यस घटनापछि एन्गोलो कान्तेलाई खेल क्षेत्रकै सबैभन्दा इमानदार र राम्रो मानिस भनिरहेका छन्।

https://twitter.com/i/status/1398921604529364995

चेल्सीका कप्तान सेजार अजपिलीकुएटाले खेलपछि आफ्ना टोलीका स्टार मिडफिल्डर कान्तेलाई विश्वकै सर्वोत्कृष्ट मिडफिल्डरको रूपमा तारिफ गरेका छन्। हाल विश्व फुटबलमा एन्गोलो कान्तेलाई अन्य कुनै मिडफिल्डरसँग तुलना गर्न मिल्छ भनेर प्रश्न गर्दा चेल्सी कप्तानले एक सेकेन्ड पनि नसोची कुनै पनि हालतमा मिल्दैन भनेर भनेका थिए।

विश्वकप विजेता रहिसकेका ३० वर्षीय मिडफिल्डर कान्तेले च्याम्पियन्स लिग पनि जितेकोमा अजपिलीकुएटाले निकै खुसी व्यक्त गरे। उनले भने,”उनी जस्तो इमानदार र राम्रो व्यक्ति कोहि पनि छैन, म उसको लागि निकै खुसी छु।”

प्रकाशित : सोमबार, जेठ १७, २०७८१५:३७

ब्यालुन डी ओर पावर र्यान्किंग: कान्ते नयाँ नम्बर १, रोनाल्डो टप १० मा, चिप्लिए एम्बाप्पे !