एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए बेस्ट स्टाइकरको उपाधि जितेका छन्। सन् २०२०-२१ को सिजनमा सिरी एमा सर्वाधिक गोल गरेका रोनाल्डोले सिरि ए बेस्ट स्टाइकरको उपाधि जितेका हुन्।
सन् २०२०-२१ को सिजनमा रोनाल्डोले २९ गोल गरे। कुल ३३ खेलमा रोनाल्डोले यस संख्यामा गोल गर्न सफल भएका हुन्। त्यसमा ६ गोल पेनाल्टी गोल थिए। सिरि ए बेस्ट स्टाइकरको उपाधि जित्दा रोनाल्डोले रोमेलु लुकाकुलाई पछि पारे। रोमेलु लुकाकुले ३६ खेल खेल्दै २४ गोल गरेका थिए। लुकाकुको पनि ६ पेनाल्टी गोल छन्।
🌟MVP 2020/2021🌟
Best striker: @Cristiano! 🔝29 goals that prove his impressive instinct: always in the right place at the right time! https://t.co/WktdAiign0#SerieATIM #WeAreCalcio pic.twitter.com/SZppSD9k4F
— Lega Serie A (@SerieA_EN) May 31, 2021
प्लेयर अफ दी सिजन बने लुकाकु
रोनाल्डोले सिरि ए बेस्ट स्टाइकरको उपाधि जित्दा लुकाकुले प्लेयर अफ दी सिजनको उपाधि जिते। लिग विजेता इन्टर मिलान स्ट्राइकर लुकाकुले जारी सिजन २४ गोल गर्दै टिमलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका थिए। लुकाकुले सिजनमा गोल मात्र नभई असिस्ट पनि गरे। लुकाकुको असिस्ट संख्या सिरी एमा ११ रह्यो।
त्यस्तै उत्कृष्ट मिडफिल्डरको उपाधि इन्टरमिलानका निकोलस बरेलाले जितेका छन् भने एटलान्टाका क्रिस्टियन रोमेरो उत्कृष्ट डिफेन्डर बन्न सफल भएका छन्। एसीमिलानका गोलकिपर जिआनलुइगी डोन्नरुम्मा उत्कृष्ट गोलकिपर बने।
Ladies & Gentlemen here are all the 2020/2021 #SerieATIM MVPs 🔝👏⭐💥https://t.co/cgm6pRI2JE#WeAreCalcio pic.twitter.com/RSwn1S0Ndx
— Lega Serie A (@SerieA_EN) May 31, 2021

